कनकाई अनलाईन
कनकाई नगरपालिकामा यस पटक स्थानीय तहको निर्वाचन २०७९ मा उल्लेख्य मात्रामा मतदान भएको छ ।
कनकाई नगरपालिकामा ७२ प्रतिशत भन्दा वढी मतदान भएको छ । अहिलेसम्म मतदान स्थलमा मुचुल्का बनाएर मतपेटिका धमाधम आइरेको कनकाईका निर्वाचन अधिकृत दिपक कोइरालाले बताए ।
हालसम्म कनकाई नगरपालिका १ मा जम्मा ३२ सय ८४ मतदातामा २६ सय २८ मत खसेको नेपाली कांग्रेसका वडा नम्बर एकका वडाअध्यक्ष मनोज बस्नेतले जानकारी दिनुभयो । यसैगरि वडा नम्बर २ मा जम्मा ३६ सय ८ मतदातामा २५ सय ९८ मत खसेको हाम्रा प्रतिनिधि आइपी भट्टराईले जानकारी दिनुभयो ।
यसैगरि कनकाईको मुख्य राजधानी मानिने ३ नम्बरमा जम्मा ७ हजार ७ सय ७१ मतदातामा ५ हजार १ सय २१ जनाले मतदान गरेको हाम्रा प्रतिनिधिले बताएका छन । कनकाई ३ मा ६९ दशमलप ७५ प्रतिशत मत खसेको हो ।
यसैगरि वडानम्बर ४ मा कुल ४ हजार ७ सय ६० मतदातामा ३४ सय ८६ मत खसेको कनकाई ४ का वडाअध्यक्ष गोविन्द पौडयालले बताउँनुभयो । यसैगरि वडानम्बर ५ मा कुल ४४ सय ६९ जना मतदातामा ३२ सय ५३ जनाले मतदान गरेको कनकाई ५ का वडाअध्यक्ष कृष्ण राईले बताउँनुभयो । यसैगरि कनकाई ६ मा कुल २ हजार ५० मतदातामा १६ सय १४ मत खसेको नेकपा माओवादी केन्द्रकी नेतृ शान्ता अधिकारी झाले जानकारी दिनुभयो ।
यसैगरि कनकाई ७ मा कुल ३ हजार ५४ मतदातामा २३ सय ३० मत खसेको कनकाई ७ का वडाअध्यक्ष लीला कन्दङवाले जानकारी दिनुभयो । कनकाई ७ मा ७१ दशमलव ५० प्रतिशत मत खसेको हो । यसैगरि कनकाई ८ मा कुल ३२ सय १४ जना मतदातामा २३ सय ९५ जनाले मतदान गरेको कनकाई ८ का वडाअध्यक्ष प्र्रेमबहादुर कटुवालले बताउँनुभयो ।
यसैगरि कनकाई ९ मा कुल २८ सय ६३ मतदातामा २१ सय २२ मतदाताले मतदान गरेको हाम्रा सहयोगी अभय राजवंशीले बताउँनुभयो । हालसम्म कनकाईका ५ नम्बर र ३ नम्बर वाहेकका सबै मतपेटिकाहरु कनकाई नगरपालिकामा आईसकेको र अव केहिवेरमा सर्वदलिय बैठकबसी आज राती ११ बजेबाट मतगणना हुने निर्वाचन कार्यालले जनाएको छ । कनकाई नगरपालिकामा कुल ३५ हजार ४ सय ७१ मतदातामा कुल २५ हजार ५ सय ४७ जनाले मतदान गरेका थिए । यो भनेको कुल ७२ दशमलब ०२२ प्रतिशतमा मतदान भएको हो ।