इलाममा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार गाउँलेको नियन्त्रणमा


कनकाई अनलाईन
२९ वैशाख, मङ्गलबारे । नेकपा ९एमाले० सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।

बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् ।

मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएको र होहल्ला गर्दै लखेट्न थालेपछि सुरक्षाका लागि उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनदमक, जेठ ६ गते । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको…

कनकाई अनलाईनझापाको मुख्य व्यापारिक नगरी मानिने बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रोपटक नगरप्रमुखका रुपमा…

प्रतिकृयाहरू