घट्दै सुनको मूल्य


कनकाई अनलाईन
काठमाडौं, वैशाख २८ गते । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले घटेर ९७ हजार रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पाँच सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय रुपियाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपियाँले घटेर एक हजार २४५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनदमक, जेठ ६ गते । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको…

कनकाई अनलाईनझापाको मुख्य व्यापारिक नगरी मानिने बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रोपटक नगरप्रमुखका रुपमा…

प्रतिकृयाहरू