दमकमा एमालेका वडा सदस्यका उम्मेदवारको सत्तारुढ गठबन्धनलाई साथ


कनकाई अनलाईन
२७ वैशाख, झापा । दमकमा सत्तारुढ गठबन्धनलाई सहयोग गर्ने भन्दै नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको वडा नं। ७ अन्तर्गत एमालेबाट खुला वडा सदस्यमा उम्मेदवारी दिएका गुमानसिंह तामाङले सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपासहितको गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले मंगलबार विज्ञप्ति जारी गर्दै घरदैलोमा जाँदा संयुक्त गठबन्धन दललाई नै वडावासीको सद्भाव तथा समर्थन देखिएकाले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

‘संयुक्त गठबन्धनका तर्फबाट नगर प्रमुखमा राम थापा र उपप्रमुखमा रेगिना भट्टराई ९प्रसाईं० तथा वडा अध्यक्षमा भीम पौडेल उम्मेदवार भई नगरवासीको व्यापक जनसमर्थन देखिएकाले म आफू पनि त्यहीँ समर्थनतर्फ लाग्नु नै उचित भएको महसुस गरी मैले उम्मेदवारी फिर्ता लिएको छु’ उनले भनेका छन्, ‘साथै, आजकै मितिदेखि एमालेको साधारण सदस्यबाट समेत राजीनामा गरी स्वतन्त्र भएको जानकारी गराउँदछु ।’


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनदमक, जेठ ६ गते । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको…

कनकाई अनलाईनझापाको मुख्य व्यापारिक नगरी मानिने बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रोपटक नगरप्रमुखका रुपमा…

प्रतिकृयाहरू