Kanakai Online

नेकपा समाजवादीको कनकाई नगरमा राजवंशी


आइतवार, वैशाख ४, २०७९ |

कनकाई अनलाईन

नेकपा एकिकृत समाजवादीको कनकाई नगर कमिटी अध्यक्षमा प्रतिक राजवंशी सर्वसम्मत चयन हुनु भएको छ । सुरुङ्गामा भएको पार्टीको भेलाले राजवंशीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो । झापामा तुलनात्मक रुपमा कमजोर आकिएको समाजवादीले नगर कमिटी निर्माण गरेर आफ््नो चुनावी प्रचारलाई तीव्रता दिएको छ ।

कमिटीको उपाध्यक्षमा सरोज मैनाली र मिरा प्रधान रहनुभएको छ भने सचिवमा पुर्ण श्रेष्ठ रहनुभएको छ । सहसचिवमा मन्जु वुडाथोकी, विनोद कार्की, रहनुभएको छ ।
नवगठित कमिटीलाई नेकपा एसका झापा जिल्ला अध्यक्ष वेदराज रेग्मी, पार्टीका केन्द्रिय सदस्य निलमणि वराल,प्रदेश कमिटी सदस्य अम्बिका उप्रेती, पार्टीका केन्द्रिय सल्लाहकार सदस्य तथा पुर्व सांसद नारायणसिंह राजवंशी लगायातले नेताले शुभकामना दिनुभएको थियो । नगर कमिटीले चाडै कनकाईका ९ वटै वार्ड र टोल कमिटी समेत धमाधम गठन गर्ने पार्टीका नगर अध्यक्ष प्रतिक राजवंशीले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।