Kanakai Online

बाह्रदशीमा श्रीमती मारेर २ दिन कोठामा थुनेको माइती पक्षको आरोप


बिहिवार, चैत १७, २०७८ |

कनकाई अनलाईन
झापा बाह्रदशी गाउँपालिका ५ चकचकीकी ४१ बर्षिय अन्जु रायको आफ्नै श्रीमानले हत्या गरेर २ दिनसम्म लाश घरमा लुकाएको माइती पक्षले आरोप लगाएको छ ।


श्रीमान ४३ बर्षिय धनबहादुर रायलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी सन्तोस आचार्यका अनुसार हाल श्रीमान धनबहादुर रायलाई आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गरि ७ दिनको म्याद थप गरिएको छ । अनुसन्धानले हत्या गरेको प्रमाणित भए कतव्य ज्यानको मुद्धा लाग्ने प्रहरी प्रमुख आचार्यले बताउँनुभयो । रायले कान्छी श्रीमती ल्याएपछि जेठीलाई दैनिक कुटपिट गर्ने गरेको र केहिमहिना पहिलेपनि कान तानेर चुडाईदिएको मृतककी दिदी सरस्वती भट्टराईले बताउँनुभयो ।

गाउँमा समेत बहिनी किन घरबाट निस्किदिन भनेर कुरा भएछ । पछि एक्कासी दुई दिनपछि विष खाएर मरेको भन्ने कुरा आएछ । गएर हेर्दा झुल लगाइरहेको सिरानी लगाईरहेको लुगामा खुन रहेको र शरीरभरी कुटेको घाउचोट मात्रै रहेको पाइएको मृतककी दीदी मन्जु खनालले बताउँनुभयो । यस अघि समेत पटक पटक सौता र श्रीमान मिलेर मार्न खोजेको र ज्यान बचाउन माइत गएको गाउँलेहरुले बताएका छन । गाउँमै इमान्दार र सोझी मध्येमा मानिने अन्जुलाई नागरिकता बनाइदिनका लागि श्रीमानसग आग्रह गर्दा नागरिकता बनेपछि अंश दिनुपर्ने भयले श्रीमतीको हत्या गरेको आफन्तहरुले बताएका छन ।
श्रीमानले मकैमा हाल्ने विष खाएको भनेपनि शरिरभर निलडाम रहेको र मारिसकेर मुखबाट बिष हालेको आरोप माइती पक्षको रहेको छ ।
रायका जेठी श्रीमतीका तर्फबाट १५ बर्ष र १० बर्षका दुई छोरी रहेका छन भने कान्छी तर्फबाट एक छोरा रहेका छन । जेठी कान्छी सगै रहेपनि जेठी श्रीमतीलाई सानो गोठ र भान्साको अलग्गै घरमा श्रीमानले राख्ने गरेको आफन्तको भनाई छ । हाल रायकी कान्छी श्रीमती समेत वैदेशिक रोजगारीका शीलशीलामा युएईमा रहेकी छिन । यसैविच पोस्ट म्याटमपछि अहिले रातीमात्रै मृतकलाई कनकाई आर्यघाटमा अन्तिम सस्कार गरिएको छ । मृतकको शरिभर सबै स्थानमा घाउँको चोट रहेको छ । श्रीमतीको अंश दिनुपर्छ भनेर हत्यार गरेको भन्दै पक्राउ गरिएका श्रीमानलाई सक्त कार्वाही हुनुपर्ने स्थानीयले माग गरेका छन ।
हत्या आरोपी श्रीमान धनबहादुर केहि बर्ष पहिले मात्रै वैदेशिक रोजगारीबाट आई घरमै आफ्फै टयाक्टर किनेर चलाउदै आएका छन ।