कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र कनकाई ५ नम्बर वार्डका सचिव प्रदिप उप्रेतीलाई माओवादी केन्द्र कनकाईले साधरण सदस्यता समेत नरहने गरि कार्वाही गरेको छ ।
पार्टीका अध्यक्ष यामनाथ सेडाई र सचिव विष्णुप्रसाद बिमलीले आज एक विज्ञप्ति जारी गर्दै उप्रेतीले प्रतिगामी पक्षलाई सहयोग पुग्नेगरि काम गरेको र पार्टीलाई असयोग गरेको भन्दै पार्टीको साधरण सदस्य समेत नरहने गरि कार्वाही गरेको बताएको छ । पछिल्लो समय उप्रेतीले माओवादी पार्टीको गतिविधिका वारेमा सामाजिक संजालबाट चर्को विरोध गर्दै आएका थिए । एक पार्टीका जिम्मेवार नेताले उप्रेती पछिल्लो समय नेकपा एमालेबाट टिकट लिने तयारी बुझिएकोले पार्टीबाट कार्वाही गर्नुपरेको बताए । उप्रेतीले कनकाई नगरपालिकाको कोरिया काण्डमा समेत पार्टीले नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको विपक्षमा विज्ञप्ति निकाल्न नहुने भन्दै पार्टीको विरोध जनाउदै आएका थिए । यता प्रदिप उप्रेतीले भने पार्टीका अन्य नेताले पार्टी भित्रै बसेर पार्टी हित विपरित गतिविधि गर्दा पुरस्कृत हुने गरेको तर आफुले फेसबुकमै लेखेको भरमा कार्वाही गरेको भन्दै आपत्ति जनाएका छन ।