कनकाई अनलाईन
दुई बर्षदेखि आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्यु कुरेर बस्नुभएका झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३२ बर्षिय सुवास राउत आफ्नै साथीभाई र छरछिमेकीको सहयोगमा अन्तत नेपाल फर्किने भएका छन ।
उनी सगै बस्ने साथी खोटाङ्ग ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या अभियोगमा सुवास दुई बर्षदेखि कतारी जेलमा रहदै आउनुभएको थियो । राईको अरुलेनै हत्या गरेपनि घाईते साथीलाई बचाउन अनेक प्रयास गर्दा अन्तीममा राउतसग फिन्गंर पिन्ट मिलेको भन्दै राउतलाई दोषी सावित गर्दै कतार सरकारले राउतलाई मृत्युदण्डसम्मको घोषणा गर्नु सक्ने सम्भावना थियो । तर हत्या हुने र आरोपी दुबै नेपाली भएकोले आम माफी समेत हुनसक्ने अदालतले बताएको थियो । यसका लागि नेपालमा स्थानीय समाजसेवी दिपक चापागाई, किरण दवाडी, जनप्रतिनिधि समेत रहनुभएका रोषन सुवेदी, धर्मेन्द्र सुवेदी लगायातको साथ सहयोगमा राई परिवारलाई सम्झाई बुझाई बास्तविकता समेत बताएपछि १५ देखि २० लाख सम्म आर्थिक सहयोग राई परिवारलाई दिने सर्तमा सुवास राउतलाई आम माफि दिनेगरि सहमति गरेको थियो । राउतको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको तथा उनका दुई छोराछोरी समेत श्रीमती कुमारी राउतले घर निर्माणको ज्यामी काम गरेर पालिरहेको अवस्थामा स्थानीय दिपक चापागाईको नेतृत्वमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोगको अपिल गरिएको थियो ।
सुवास राउत नेपाल फर्काउनका लागि वार्डअध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द्र पौड्यालको अध्यक्षतामा सुवास राउत स्वदेश फर्काउ समिति समेत गठन गरिएको थियो । ३ महिना भित्र यस समितिले सुवास राउत स्वदेश फर्काउन आवश्यक पर्ने रकमको जोहो आर्थिक सहयोग संकलन गरिसकेको छ ।
यसैविच इज्रायलमा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट संकलित रकम १ लाख ४५ हजार ३ सय रुपैँया कनकाई नगरपालिका ३ का युवा तथा गायक कुमार लिम्बुको नेतृत्वमा संकलित रकम नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमिति सदस्य तथा गोरखापत्र दैनिकका समाचारदाता लीलाराज झापाली मार्फत घरमै पुगेर हस्तानतरण गरिएको छ ।
रकम हस्तानतरण कार्यक्रममा पत्रकार तथा प्राध्यापक तीर्थराज खरेल पत्रकारहरु चन्द्र बस्नेत, सिएम शर्मा, केशव चापागाई, सामाजिक अभियान्ता नारायण भेटवाल , जनप्रतिनिधि रोषन सुवेदी लगायातको उपस्थिति रहेको थियो । उक्त रकम सुवासकी श्रीमती कुमारी राउतलाई प्रदान गरिएको छ । यसैविच अन्य स्थानीवाशीद्धारा संकलित रकमसमेत परिवारलाई हस्तानतरण गरिएको थियो । हालसम्म स्वदेश तथा विदेशका समाजसेवीहरुले संकलन गरेको रकम २० लाख रुपैँया भन्दा वढी संकलन भइसकेको तथा राउत बंश प्रतिष्ठानबाट समेत थप ३ लाख रुपैँया संकलन भइसकेको अभियानकर्मी धमेन्द्र सुवेदीले जानकारी दिनुभयो । आवश्यक कागजी प्रक्रिया पुरा गरेर चाडै सुवासलाई नेपाल फर्काउने तयारी थालिसकिएको र यसका लागि आवश्यक रकमको जोहो समेत गरिसकिएको आर्थिक समितिका संयोजक दिपक चापागाईले बताउँनुभयो ।