कनकाई अनलाईन
राष्ट्रिय नागरिक पार्टीले झापाको कनकाई सहित जिल्लाका अन्य पालिकाहरुमा प्रमुख र वार्डअध्यक्षका पदहरुमा उम्मेद्धारी दिने भएको छ ।
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा पार्टीको जिल्ला कार्यालय पार्टीका केन्द्रिय अध्यक्ष शुक्रबहादुर गुरुङ्गलेले उदघाटन गर्नुभयो । २०७० सालमा दलमा दर्ता भएको यस पार्टीले नेपालका केहि जिल्ला छाडेर प्राय सबै जिल्लामा आफ्नो पार्टीको जिल्ला कार्यालय स्थापना गरिसकेको गुरुङ्गले जानकारी दिनुभयो ।
यसैविच विभिन्न पार्टी छाडेर नागरिक पार्टीका प्रवेश गर्नेलाई गुरुङ्गले स्वागत गर्नुभयो । यसैविच सुवास कार्कीको अध्यक्षमा नागरिक पार्टीको जिल्ला समिति गठन समेत गरिएको छ । जसमा सुर्य श्रेष्ठ उपाध्यक्ष, दिपेश खडका सचिव, रोजल अधिकारी सहसचिव , बाबा गुरुङ्ग कोषाध्यक्ष , कुमार बस्नेत र दिपेश सुवेदी सहकोषाध्यक्ष रहनुभएको छ । सदस्यहरु विष्णु राजवंशी, धनकुमार खेवाङ, चन्द्र अधिकारी लगायात जिल्ला सदस्य रहनुभएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रिय नेता विकास उप्रेतीले पार्टीको जिल्ला समिति घोषणा गर्नुभएको थियो । पार्टीले एक घर एक रोजगारी, शिक्षा र स्वास्थ्य फ्रि र स्वरोजगारी बन्न चाहनेलाई १० देखि १५ लाख रुपैँया विना धितो र विना व्याज ऋण सहयोग प्रदान गर्ने घोषणा गरेको छ । रोजगारी श्रृजनाका लागि पुर्व मेची देखि पश्चिम महाकालीसम्म प्रत्येक स्टेण्डमा सानो होटल संचालनमा ल्याई प्रत्येक स्टेण्डमा कम्तीमा ३ जनालाई स्वरोजगार दिनेगरि होटल खोल्न थालिसकेको जनाएको छ ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नवराज घले, केन्द्रिय सदस्य एलिजा बस्नेत, टेकबहादुर बस्नेत, सम्झना विक लगायातको उपस्थिति रहेको थियो ।