कनकाई अनलाईन
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३ औ स्थापना दिवशको अवशर पारेर सहकारीको सुरुङ्गा सेवा केन्द्रको विधिवत उदघाटन गरिएको छ ।
कनकाई नगरपालिका ३ नम्बर वार्डअध्यक्ष रुद्रप्रसाद चिमरियाले सेवा केन्द्रको उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा सहकारीका अध्यक्ष रवि न्यौपानेले संस्थाले सवै शेयर सदस्यको साथ सहयोगले सुरुङ्गा र झापा तथा मोरङ्ग जिल्लामा समेत सहकारीले शेयर सदस्यको मन जित्न सकेको बताउँनुभयो । कार्यक्रममा सहकारीका व्यावस्थापक कमलप्रसाद घिमिरेलले सहकारीले १३ बर्षमा प्राप्त गरेको प्रगति र सेवा सुविधाका वारेमा जानकारी दिनुभयो ।
सहकारीले मोवाइल बैङ्गिङ सेवा प्रवाह गरिरहेको तथा सुरुङ्गा वाहेक दमक, झिलझिले, गौरादह र उर्लावारीमा समेत सेवा केन्द्र संचालनमा ल्याइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाले सहकारीले यस क्षेत्रका कृषक व्यापारीहरुसग सम्बृद्धिका लागि सहकार्य गर्दै आएको बताउँनुभयो । सहकारीले यस क्षेत्रमा यसअघिदेखिनै कारोवार गर्दै आएपनि हालमात्रै उदघाटन भएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अर्जुन बोहोरा, भगवती साकोसका अध्यक्ष खेम प्रसाई लगायातले शुभकामना दिनुभएको थियो ।
सहकारीको केन्द्रिय कार्यालय भने दमकमा रहेको छ ।