कनकाई अनलाईन
कनकाई नगरपालिकाले आफ्नो डिजिटल भुक्तानीलाई प्रयोगमा ल्याउन मन्दिरमा दान समेत क्वीआर कोडबाट दिन सकिने प्रवन्ध मिलाएको छ ।
कनकाई नगरपालिका र माछापुच्छे बैकको साझेदारीमा विभिन्न स्थान र कनकाई नगरपालिका २ मा अवस्थित धनुषकोटी धार्मिक विकास संस्थामा समेत दानका लागि क्वीआर कोर्डको प्रबन्ध मिलाइएको छ । धाम विकास समितिका अध्यक्ष भक्तबहादुर पौडयालका अनुसार अव आफुलाई इच्छालागेको दानलाई क्वीआर कोर्डबाटै मन्दिर र धाम विकास समितिलाई सहयोग गर्न सकिनेछ । कनकाई नगरपालिकामा हाल ससाना तरकारी पसलहरुमा समेत डिजिटल बैङ्गिङ प्रणाली क्वीआर कोर्डबाटै भुक्तानी गर्न सक्ने व्यावस्था मिलाइएको छ । नगरपालिकाले पेपरलेस र क्यासलेस कारोवारलाई प्राथमिकता दिएर डिजिटल प्रणालीलाई प्राथमिकता दिदै लैजाने योजना लिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
४)