कनकाई अनलाईन
नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको कनकाई नगर अध्यक्षमा गोविन्द सुवेदी सर्वसम्मत हुनुभएको छ ।
हिजो कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रथम नगर अधिवेशनबाट सुवेदीको नेतृत्वमा ७१ सदस्यीय नगर कमिटि गठन गरिएको हो । सुवेदी एमाले पार्टीको कनकाई नगरको ३ नम्बर वार्डको सहसचिवको भुमिकामा समेत रहनुभएको छ । उहाँ अन्य विभिन्न दर्जन वढी संघ संस्थामा समेत नेतृत्वदायी भुमिकामा रहनुभएको छ ।
७१ सदस्यीय नगर महासंघको उपाध्यक्षमा चेतराज श्रेष्ठ, सचिव सागर सुब्बा सहसचिवमा शुक्रराज भण्डारी र अर्जुन चौधरी र कोषाध्यक्षमा सीता राई लगायात रहनुभएको छ ।
खेलकुद महासंघ कनकाईको इन्चार्ज पुर्ण लिम्बुको सभापतित्वमा भएको कार्यक्रमको संचालन एमाले युवा नेता तथा कनकाई नगर २ नम्बर वार्ड परिषद सदस्य प्रताप राईले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि महासंघका प्रदेश अध्यक्ष राजकुमार थापा रहनुभएको थियो । कार्यक्रममा पार्टी नेता तथा प्रदेश सांसद हिराकुमार थापा, पार्टीका कनकाई नगर इन्चार्ज रविन्द्र लम्साल, पार्टीका प्रदेश सदस्य प्रेम दाहाल, टंकबहादुर कार्की, कनकाई नगर अध्यक्ष खडग प्रसाई, महासंघका केन्द्रिय सदस्य सुनिल भेटवाल, रविन खरेल, जिल्ला अध्यक्ष भवानी वराल लगायातले नवगठित समितिलाई शुभकामना दिनुभएको थियो ।