Kanakai Online

बिउबिजन सम्बन्धि तालिम


आइतवार, फागुन २९, २०७८ |

डिबी सिलास राई
कनकाई नगरपालिका ५ स्थित बेनुबाजामा गुणस्तरीय बिउबिजन उत्पादन सम्बन्धि कृषकहरुका लागि तालिम सम्पन्न भएको छ ।
बिउ उत्पादन सग सम्बन्धित यस क्षेत्रका अगुवा कृषकहरुका लागि दुई दिने तालिमको आयोजना गरिएको हो ।
बेनुबाजा कृषि सहकारी समुहको आयोजनामा नयाँजीवन मण्डलीको भवनमा भएको तालिममा यस क्षेत्रका १८ जना अगुवा कृषकको तालिममा सहभागिता रहेको थियो । तालिममा सहभागिलाई गुणस्तरीय बिउ बिजनका वारेमा प्रशिक्षण मोरङ कृषिबाट आउनुभएका फुलकुमार चौधरी,कनकाई कृषिका यदुकुमार उप्रेतीले ८५ प्रतिशत भन्दा माथिका धान गहु मकैलगायात मात्रै बिउका रुपमा राख्न योग्य हुने भन्दै भण्डारण संकलन लगायातका वारेमा व्यावहारिक ज्ञानशीप प्रदान गर्नुभयो । साथै तालिमममा कृषकलाई आइपर्ने बालिका विभिन्न रोगहरु फडके, गवारो लगायातबाट कसरी वालिलाई बचाउने भन्ने वारेमा समेत छलफल भएको थियो ।

सहकारीका अध्यक्ष गोपाल भेटवालको अध्यक्ष तथा कनकाई ५ नम्बर वडाअध्यक्ष कृष्णबहादुर राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्वागत डेगराज पाठकले राख्नुभएको थियो । कार्यक्रममा प्रेम ओली, श्रीप्रसाद सिटौला लगायातले मन्तव्य राख्नुभएको थियो ।