Kanakai Online

झापा गोल्डकपमा झापा ११ को गोल बर्षा


बिहिवार, फागुन २६, २०७८ |

कनकाई अनलाईन
पाहुना टोली रेडपान्डा फुटबल क्लव सिक्किमलाई ५–१ गोल अन्तरले हराउदै आयोजक झापा फुटबल क्लव सेमिफाईनलमा प्रवेश गरेको छ ।


बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई फराकिलो गोल अन्तरले हराउदै सेमिफाईनलको यात्रा तय गरेको हो । झापा¬–११ का लागि विमल घर्ती मगरले २ गोल गर्नुभयो । मगरले दुबै गोल पेनाल्टीबाट गर्नुभएको हो । बाकी गोल क्याप्टेन विशाल राई बी र विश्वास श्रेष्ठले गर्नुभयो । । रेडपाण्डाले झापा¬–११ लाई एक गोल उपहारमा पाएको थियो ।
आज भएको खेलमा दुबै टिमबाट ४ पेलान्टी प्रहार भएको थियो । झापाले ३ र रेडपान्डा सिक्किमले १ पेलान्टी प्रहार गर्ने अवशर पाएको हो । खेलको ८४ औ मिनेट दोहोरो पहेलो कार्ड खादै सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य हुदा सिक्किम १० खेलाडीमा सिमित हुनुपरेको थियो । झापाका लागि पहिलो गोल झापा¬–११ ले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गर्नुभयो । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गर्दै अग्रता दिलाउनुभएको थियो ।
५५ औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरेपछि पाहुना टोली सम्मालिन सकेन र थप गोल खान पुग्यो । झापाका लागि तेस्रो गोल ५८ औँ मिनेटमा कप्तान विशाल राईले गर्नुभयो । राईले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिनुभएको हो ।
खेलको ७७ औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई मगरले व्याक्तिगत टिमका लागि दोस्रो गोल गर्नुभयो ।
तर, ६०औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाएपछि बिमल ह्रयाट्रिकबाट चुक्नुभएको थियो ।
खेलको ८९ औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्याउनुभएको थियो । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । रेडपान्डाले सान्तना एक गोल फर्काएको थियो खेलको ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गर्नुभयो झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि सिक्किमले पेनाल्टी पाएको थियो ।

बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ हुनुभयो । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।

योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलको समीकरणका खेल पूरा भएका छन् । जीतसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताउनुभएको छ ।