Kanakai Online

दोमुखा आगलागिको पुर्न निर्माणमा विशाल खनालले दिए ३० हजार


मङ्गलवार, फागुन २४, २०७८ |

कनकाई अनलाईन
दुई साता अघि झापा शिवसताक्षी नगरपालिका १० दोमुखामा भएको भीषण आगलागिबाट जलेर नष्ट्र भएको ४ पसल र दोमुखा युवा क्लवको भवन निर्माणका लागि युवा नेता तथा माननीय एलपी साँबा लिम्बुका सचिवालयका विशाल खनालले नगद ३० हजार रुपैँया सहयोग प्रदान गर्नुभएको छ ।
नेकपा एमालेको वार्डस्तरीय टिमले उक्त आगलागिको घटनापछि जलेको भौतिक संरचना पुन पुरानैअवस्थामा पुर्याउनका लागि विशेष अभियान थालेको छ । उक्त अभियानको यस क्षेत्रका संघिय सांसद एलपी साँबा लिम्बुले सुरुवात गर्नुभएको हो ।

अभियानमा माननीय साँबाले समेत नगद ५१ हजार रुपैँया प्रदान गर्नुभएको छ । उक्त जलेको संरचना बनाउनका लागि वेनुप्रसाद संग्रौलाको संयोजकत्वमा विशाल खनाल, सुरज रिङ्गालुङ राई लगायात सदस्य रहेको निर्माण समिति समेत गठन गरिएको छ । गत बिहिवार रातीको समयमा भएको आगलागिमा परि दुई जना जलेर घाइते समेत बनेका थिए । आगलागि भएर नष्ट भएको उक्त भवन आगामी वैशाख २७ गते निर्माण सकाएर हस्तानतरण गरि सकिने निर्माण समितिका सदस्य विशाल खनालले बताउनुभयो ।