कनकाई अनलाईन
११२ औ अन्तराष्ट्रिय महिला दिवशको अवशर पारेर यहाँस्थित कनकाई नगरपालिका क्षेत्रभरका महिला अटोरिक्सा चालक ४ जना महिलाहरुलाई सम्मान गरिएको छ ।
अटोरिक्सा कुदाएर परिवार पाल्दै आउनुभएका महिला चालकहरु दुर्गा राई, लीला दास बर्देवा, शान्ता कार्की र सरिता खतिवडालाई विशेष कार्यक्रमका विच दोसल्ला न नगद सहित संविधानसभाकी सदस्य अम्बिका खबास राजवंशी र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई लगायातले सम्मान गर्नुभयो । यसैविच कार्यक्रममा महिलाहरुले महिला सम्बन्धि गित, कविता, नृत्य र विभिन्न प्रस्तुतीहरु ीदनुभएको थियो । कार्यक्रममा सहभागिहरुले नारीहरुको एकता हुदा कुनै पनि पुरुषहरु निर्वाचन लगायातको गतिविधिमा बिजयी हुन नसक्ने भन्दै नारी पुरुष समान नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो ।
कनकाई नगरपालिकाको आयोजनामा सामाजिक न्याय र लैङगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ दुर्गापुरस्थित दलित सामाजिक भवनमा आयोजित उक्त कार्यक्रम कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, गोविन्द पौडयाल, कृष्णबहादुर राई, लीलाबहादुर कन्दङवा, राजनैतिक दलका प्रतिनिधिहरु एमालेका अध्यक्ष खडगप्रसाद प्रसाई, माओवादीका नगर अध्यक्ष यामनाथ सेडाईँ, महिला नेत्री कविता बस्नेत लगायातले महिला हिसां अन्त्य र महिलालाई समान सहभागिताका लागि सबैले आवाज र व्यावहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम महिला तथा वालवालिका कनकाईकी प्रमुख टिका खतिवडाले संचालन गर्नुभएको थियो ।