कनकाई अनलाईन
दक्षिणी झापाको झापा गाउँपालिका कत्लामारीमा मुस्लिम समुदायको एक दिने मुस्लिम धार्मिक जल्सा सोमवार राती आयोजना गरिएको छ ।
मुस्लिम महिलाहरुको गल्स मदरसामा आयोजना गरिएको धार्मिक जल्सामा नेपाल तथा भारतका मुस्लिम धार्मिक गुरु मुल्वीहरुले प्रवचन गर्नुभएको थियो । झापा गाउँपालिकाभित्रमात्रै १७ वटा धार्मिक मदरसा रहेको र ती मदरसाहरु केहि सरकारी अनुदान र दानबाटै संचालनमा आएको मदरसाका अध्यक्ष ज्याबुल हकले बताउँनुभयो ।
मदरसा संचालनका लागि आर्थिक संकलनको समेत उद्धेश्य राखेर हरेक बर्ष विराट मुस्लिम धार्मिक जल्साको आयोजना गरिदै आएको छ । यससैविच झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एल.पी सावाँ लिम्बुले जल्सा कार्यक्रममा बोल्दै यस क्षेत्रमा रहेका मदरसालाई देशकै नमुना मदरसा बनाउनका लागि सरकार लागिपरेको बताउँनुभयो ।
मदरसामा ज्ञान र असल संस्कार सिकाउने थलोका रुपमा विकास गरिने र अझ मुस्लिम महिला अध्यान गर्ने मदरसालाई थप व्यावस्थित र सचेतना फैलाउनका लागि असल स्कुलकै रुपमा लैजान मुस्लिम समुदायसग मिलेर सरकार अगाडि वढन तयार रहेको बताउँनुभयो । सावाँले मदरसामा भएका परिवर्तनलाई एउटा लामो कालखण्ड पछिको परिवर्तन भएको बताउदै मदरसालाई नेपालमा शिक्षा सुधारका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कार्यक्रमहरुमा समेटिदै लैजाने प्रतिवद्धता जनाउनुभयो ।
मदरसामा अहिले स्थानीय तहले एक मात्र शिक्षकलाई तलब दिएको र बाकी खर्चको व्यावस्थापन आफैले गर्नुपर्दा मदरसाको अवस्था दिनानुदिन नाजुक बन्दै गइरहेको मदरसा समिति झापा गाउँपालिकाका अध्यक्ष सफीउल्ला अन्सारीले बताउँनभयो । जल्सा कार्यक्रममा नेपाल तथा भारतबाट ठुलो सङ्ख्यामा मुस्लिम तथा गै्रह मुस्लिम समुदायको उपस्थिति रहेको थियो । मुस्लिम धार्मिक जल्साका पुर्व अध्यक्ष जेवुल हकको अध्यक्षतामा भएको कार्यक्रममा सागिरथ गणेश,जगरनाथ पौडेल,देबी अधिकारी,टीका विश्वकर्मा,यासिन आलम,अबदुल कलाम,सन्तोस नेपाल,टंक बिश्वकर्मा,फरमान सेक,जलाल अली,साजेमान सेक,लिलाराज झापाली,भागिरथ गणेशको आतिथ्यता रहेको थियो।
उजाल अलिले स्वागत गरेको कार्यक्रममा देवी अधिकारी,साजेमान सेख,सागिरथ गणेश लगायतले शुभकामना मन्त्यव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन वासीद अलीले गरेका थिए।