Kanakai Online

नारायणी मेमोरियलले छात्रवृत्ति बितरण गर्दै


आइतवार, फागुन २२, २०७८ |

कनकाई अनलाईन
सुरुङ्गा । परोपकारी एवम सामाजिक काम गर्नका लागि स्थापित नारायणी मेमोरियल फाउण्डेशनले यसबर्ष पनि कनकाई नगरपालिका, झापा जिल्ला र तेह्रथुम जिल्लाका पोखरी मावि लगायातका विद्यालयका विभिन्न विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्ने निर्णय गरेको छ ।


फाउण्डेशन कार्यालय कनकाई नगरपालिकामा छात्रवृत्ति समिति र सल्लाहकार समितिको सयुक्त बसेको बैठकबाट उक्त निर्णय गरिएको फाउण्डेशनका टंक पाठकले जानकारी दिनुभयो । फाउण्डेशनका अध्यक्ष नरेन्द्रप्रसाद पाठकको अध्यक्षतामा बसेको बैठकमा कनकाई नगरपालिका ४ का अडाअध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द्रप्रसाद पौडयाल, ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, फाउण्डेशनका सल्लाहकार संयोजक त्रिलचन उप्रेती लगायातको उपस्थिति रहेको थियो । बैठकले तेह्रथुम जिल्लाका पोखरी मावि, प्रणामी मावि सहित ७ वटा विद्यालय र झापाका कनकाई मावि, भृकृटी मावि सहित १५ सामुदायिक विद्यालयमा अध्यान गर्ने कक्षा ७ देखि १२ सम्मका २५ जना अनाथ, असहाय, अपाङ्ग जेहेन्द्धार र न्युन आय भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । उक्त छात्रवृत्ति विद्यार्थीले लगातार कक्षा १२ सम्म अध्यान गर्नका लागि पाउने छन । छात्रवृत्तिका लागि विभिन्न दाताहरुले समेत सहयोग रहेको अध्यक्ष नरेन्द्रप्रसाद पाठकले बताउँनुभयो । छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष वढाउदै लगेर ७५ जनासम्म बनाइने समेत बैठकमा जानकारी गराइएको छ । साथै फाण्डेशनले जेष्ठ नागरिक र असक्तहरुका लागि समेत सहयोग गर्ने कार्यक्रम छ ।