Kanakai Online

सुरुङ्गा चौकमा भएको मतदानमा एमसिसि पक्षले पायो २ मत


शुक्रवार, फागुन १३, २०७८ |

कनकाई अनलाईन
कनकाईको सुरुङ्गा चौकमा भएको एमसिसि चाहिन्छ कि चाहिदैन भनेर भएको निर्वाचनमा एमसिसि पक्षमा २ मत झरेको छ ।


माओवादी केन्द्रको भातृ संगठन वाइसिएल र अखिल क्रान्तिकारीको आयोजनामा भएको जनमत संग्रहमा सर्वसाधरण, पत्रकार नागरिक समाज गरि जम्मा ४ सय ७५ मत खसेकोमा एमसिसि पास गर्नुपर्छ भन्ने पक्षमा जम्मा २ मत मात्रै खसेको छ भने पास गर्नुहुन्न भन्ने पक्षमा जम्मा ४ सय ६६ मत झरेको तथा ७ मत भने रद्ध भएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष नविन सिटौलाले बताउँनुभयो । सुरुङ्गा चौकमा आयोजकले आफुलाई जुनमा मत हाल्न मन लाग्छ त्यसैमा हाल्नु भनेर आव्हान गरिएको र प्राय सबैले एमसिससिको विपक्षमा मत परेको वाइसिएल कनकाई नगरका अध्यक्ष हिमाल विष्टले बताउँनुभयो ।

अव आउने स्थानीय देखि तीनै तहको निर्वाचनमा समेत एमसिसि पक्षका उम्मेद्धारको यस्तै हविगत जनताले गराउनुपर्ने माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यमनाथ सेढाईँले बताउँनुभयो । जनमत सग्रहमा माओवादी केन्द्रका नगर अध्यक्ष यामनाथ सेडाई, प्रेस सेन्टर प्रदेश सदस्य आइपी भट्टराई, वाइसिएल कनकाई नगर अध्यक्ष हिमाल विष्ट, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष नविन सिटौला लगायातले एमसिसि पास गर्नु भनेको आमालाई मारेर गलफ्रेण्डलाई हिराको हार खरिद गर्नु जस्तै भएको भनेर जिकिर गर्नुभएको थियो । कार्यक्रममा कवि हरिभक्त संग्रौलाले एमसिसि विरोधी क्रान्तिचेत भएको कविता सुनाउनु भएको थियो ।