Kanakai Online

झापा गाउँपालिकामा विद्यालय आयुर्वेद तथा योग शिक्षा प्रशिक्षण तालीम सम्पन्न


मङ्गलवार, फागुन १०, २०७८ |

शरणामती।झापा गाउँपालिकामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम का साथै अभिमुखिकरण तथा प्रशिक्षण तालीम सम्पन्न भएको छ।शरणामती आर्युवेद औषधालय्को आयोजनामा झापा-६ शरणामतीको रेडक्रस सामुदायिक भवनमा तालीम सम्पन्न भएको हो।

तीन दिन भएको प्रशिक्षण तालीममा प्रशिक्षक डा.अनिलकुमार यादव र योग गुरु टिकाप्रसाद कट्टेलले विद्यालयका २० जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका थिए।प्रशिक्षणमा सहभागी स्थानीय भृकुटी आधारभुत विद्यालयका शिक्षक सुरज खड्काले योग पाठ्यक्रममा सैद्धान्तिकरुपमा मात्र भएकोले यो तिनदिने तालिमले व्यवहारिकरुपमा समेत शिक्षा मिलेको बताए।त्यस्तै प्रशिक्षार्थी करुणा मिश्रले तीन दिने तालीमबाट योगले शारीरिक र मानसिकरुपमा फाईदा गर्नेकुरा बुझेको बताइन् ।

वडा नम्बर ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले उद्घाटन गरेको तीन दिने तालीमको आज मंगबार समापन गरिएको छ।वडा नम्बर ६ का वडाध्यक्ष हरीबहादुर बानीयाँको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा विशिष्ट अथिती प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले योग जीवनको अभिन्न अंङ्ग भएको बताए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सिनीयर अनमी अन्जु थपलियाले हामी मानिसले प्याकेटका खानेकुरा खानाले स्वास्थ्यमा गम्भीर असर पर्दै गएको भन्दै योग गर्दै स्वास्थ्य बारीमा फलेको खानेकुरा सेवन गर्न सुझाइन।

कार्यक्रममा प्रमुख अतिथी साहले योग शिक्षा झापा गाउँपालिका अपिहार्य भएको बताए।उनले पालिकाले योग शिक्षाको सुरुवात गरेको बताउदै यती सुरुवात मात्र पुर्ण नहुने बताए।´मानिसको जिन्दगीमा योग शिक्षा स्वास्थ्यका लागि अपिहार्य छ,हामीले सुरुवात गरेका छौ यसलाई अझै बढाउदै लैजान अपरिहार्य छ `साहले भने।

कार्यक्रममा शरणामती आयुर्वेद औषधालयका कविराज नरेन्द्रप्रसाद चौधरीले हाम्रै वरिपरि रहेका बोटबुट्यानमानै हरेक रोगको अचुक औषधि भएको बताए।

मोहन मिश्रले संचालन गरेको समापन कार्यक्रममा योग गुरु,औषधालयका कर्मचारी,स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर