कामाटोली।अमेरिकी सहयोग एमसीसीका बिरुद्द झापाको झापा गाउँपालिकामा राँके जुलुस प्रदर्शन गरिएको छ।
नेकपा माओवादी केन्द्र झापा गाउँपालिकाले आयोजना गरेको राँके जुलुश कार्यक्रममा माओबादी केन्द्रका कार्यकर्ताले झापा गाउँपालिका-३ कामाटोली बजार परिक्रमा गरेका थिए।हातमा आगोको राँको बोकेर एमसीसी चाहिदैन,देश बेच्न पाइदैन,एमसीसी खारेज गर जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका प्रदर्शनकारीले बजारको चोकमा कोण सभा गरेको थिए।
कोण सभामा बोल्दै माओवादी केन्द्रका झापा गाउँपालिका अध्यक्ष रुद्र बजगाईले देशको हित बिपरितको अमेरीकी साम्राज्यबादी एमसीसी खारेज हुनुपर्ने बताए ।उनले प्रचन्ड,सेरबहादुर देउवा,माधबकुमार नेपाल,केपी ओली लगायतका अन्यदलका नेताले समेत एमसीसी लागू हुनु पर्छ भन्छन भने त्यो नेपाली जनतालाई सह्य नहुने बताए।
बजगाईले बोल्दै गर्दा सडकको राँकोलाई निभाउन आएको सुरक्षाकर्मी बिच प्रदर्शनकारीको तर्कवितर्क हुँदा एकछिन स्थीती असामान्य बनेको थियो।प्रदर्शनकारी र सुरक्षाकर्मी बिच घम्साघम्सी भएपछी तनाबग्रस्त बनेको स्थीतीलाई नेताहरुले सावधान गरेका छन् ।माओवादी केन्द्रको विरोध कार्यक्रमको समापन सँगै स्थीती सामान्य बनेको थियो।साँझ ७ बजे सुरु भएको राँके जुलुसको आइतबारको कार्यक्रम समापन गर्दै एमसीसी खारेज नभए सम्म थप संघर्षका कार्यक्रम गर्दै जाने अध्यक्ष बजगाईंले बताए।


