Kanakai Online

सुत्केरी पछिको स्याहार गर्न अब स्वास्थकर्मी घर-घरमा पुग्ने


शनिवार, फागुन ७, २०७८ |

कामाटोली।पिएनसी होम भिजीट अर्थात सुत्केरी पछिको स्याहारका लागि घरदैलो कार्यक्रम अन्तर्गत अब झापा गाउँपालिकाका स्वास्थ्यकर्मी सुत्केरी अवस्थाको जाँच गर्न घर-घरमा पुग्ने भएका छन् ।यो कार्यक्रम नेपालका ३९६ पालिकामा सुरु भइसकेको छ भने झापा गाउँपालिकामा यो कार्यक्रम भर्खर सुरु गरिएको हो।

यस कार्यक्रमका लागि झापा गाउँपालिका स्वास्थ साखाको आयोजनामा एक दिने गोष्ठि सम्पन्न भएको छ।गोष्ठिमा प्रशिक्षक निसा बिश्वकर्माले झापा गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीलाई प्रशिक्षण दिदै सुत्केरी आमाको स्याहारका लागि स्वास्थ्यकर्मीले सुत्केरी आमाको घरमै पुगेर आमा र बच्चाको स्थीती बारे जाँच गर्न सुझाइन।गोष्ठीमा सुत्केरी महिला स्वास्थ्यचौकीमा आएर जचाँउन असम्भव रहेको हुनाले यस घर-दैलो कार्यक्रम प्रभावकारी हुने विषयमा चर्चा गरिएको थियो।

कार्यक्रममा सहभागी सिनियर अनमी अन्जु थपलियाले होम भिजिट मध्येको चौथो भिजिट अर्थात ६ महिना पछिको भिजिट मा स्वयम् आमा र बच्चा खोप लगाउन स्वास्थ्य चौकी नै आउने हुनाले यस कार्यक्रममा पहिलो,दोस्रो र तेस्रो भिजिट प्रभावकारी हुने भनाई राखिन।

कार्यक्रममा स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले सुत्केरी महिला र बच्चाले अकालमा ज्यान गुमाउनु पर्ने,उचित रेखदेख नहुने,बालबालीका विभिन्न रोगको सिकार हुने आदि वाध्यताबाट अब यस घर-दैलो कार्यक्रमले टेवा पुग्ने बिश्वास व्यक्त गरे

सम्बन्धित खबर