शरणामती।झापा गाउँपालिका वडा नं १ को नयाँ वडा कार्यालय तामझामका साथ उद्घाटन गरिएको छ।झापा-२ झापा बजारबाट वडा नं १ र २ ले सँगै सेवा दिने गरेकामा अहिले वडा नम्बर १ को आफ्नै भवन निर्माण गरिएपछी बिधीवतरुपमा झापा-१ को सेतुमारीमा वडा कार्यालयको उद्घाटन गरिएको हो।
यस अघि भाडामा सञ्चालन गरिएका वडा ७ र ५ पनी आफ्नै भवनमा सरिसकेका छन् ।यीनीहरु उद्घाटन गर्दा सामान्य औपचारिकता मात्र पूरा गरेर उद्घाटन गरिए पनि वडा १ भने नयाँ भवनमा सरेकोमा बेहुलीले झै सिगारेर विधिवत उद्घाटन गरि नयाँ भवनबाट सेवा सुचारु गरिएको छ। वडा १ र २ को कार्यालय सँगै एउटै भवनमा रहेकाले धेरै नी भिडभाड हुने गरेको र अब अनावश्यक भिडभाड र सेवा प्रवाह समेत चुस्तदुरुस्त हुने स्थानीयवासीले अपेक्षा गरेका छन् ।
वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण साह रहेका थिए ।कार्यक्रममा उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी , प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।कार्यक्रमको संचालन पशुपतिलाल गणेशले गरेका थिए ।
वडा कार्यालय भवन निर्माण गर्न एस.जे.फोट्टी विल्डर्स प्रा.लि झापाले ३३ लाख ६७ हजार ७९४ रुपैयाँमा ठेक्का पाएको थियो ।
वडा कार्यालयको भवन बनाउन न्यौपाने परिवारद्वारा जग्गा दान
गत भदौमा नेपाली कांग्रेसका स्थानीय नेता तथा समाजसेवी स्वर्गीय वेदनिधि न्यौपानेको स्मृतिमा उनको परिवारले वडा कार्यालय निर्माणका लागि जग्गा प्रदान गरेको थियो।
न्यौपाने परिवारले भवन निर्माणका लागि दुई कठ्ठा जग्गा प्रदान गरेको थियो। स्वर्गीय न्यौपानेकी पत्नी वेदमाया न्यौपाने, छोराहरु दुर्गाप्रसाद न्यौपाने र खगेन्द्र न्यौपानेले सो जग्गा वडालाई दिएका हुन् ।


