आइपी भट्टराई
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेसगै कनकाई नगरपालिकामा भावी मेयर उपमेयरलाई लिएर चुनावी सरगर्मी सुरु भएको छ ।
सरकारमा सहभागि ५ दलिय गठबन्धन र सरकार वाहिर रहेका थप एमाले सहितका साना दलहरुको गठबन्धनविच झापाका अन्य पालिकामाझै कनकाई नगरपालिकामा समेत यसपटक चुनावी गठबन्धन हुने निश्चित प्राय देखिएको कांग्रेस र एमालेकै नेताहरुले स्वीकार गरिसकेका छन ।
कनकाई साप्ताहिकसगको कुराकानीमा कांग्रेस र एमालेका उम्मेद्धारविच मेयरमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसले अन्य पार्टीसग चुनावी तालमेल हुने निश्चित बनेपछि वडाअध्यक्ष र उपमेयरको टिकटका लागि कसैलाई पनि आश्वासन नदिन स्थानीय नेताहरुमा आन्तरिक सर्कुलर समेत गरिसकेको छ ।
यसपटक समेत अघिल्लो पटकका मुख्य प्रतिस्पर्धीहरु राजेन्द्रकुमार पोखरेल र एकराज उप्रेतीविचनै मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसबाट अर्का उम्मेद्धार शेरबहादुर थापा र अर्का यस क्षेत्रकै लोकप्रिय नेता तथा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया समेत टिकटका लागि जोड बल लगाइरहनुभएको छ ।
थापाले आफ्ना कार्याकर्ताबाट सामाजिक संजालबाट अबको कनकाईको मेयर शेरबहादुर थापा हो भन्ने शन्देश लेखेर पार्टी पङ्तिलाई दवाव दिइरहनुभएको छ भने अर्का उम्मेद्धार रुद्रप्रसाद चिमरिया भने आफ्नो लोकप्रियतालाई पार्टीले कम नआक्ने भन्दै टिकट पाउनेमा ढुक्क रहनुभएको छ । कनकाई साप्ताहिकसगको कुराकानीमा समेत आफु यस अघिको काम गराईको हिसाबले मेयरको लागि जनताका बिचमा जान तयार रहेको बताउँनुभएको छ ।
कनकाईमा युवा पुस्तामाझ अन्य युवा उम्मेद्धारहरु लीलाप्रसाद चिमरिया, कुमारमणि पोखरेल र एलपी उप्रेतीको समेत नाम चर्चामा रहेपनि यो सम्भावना कम रहेको बताईको छ ।
एमालेबाट समेत हालको मेयर राजेन्द्रकुमार पोखरेलले उम्मेद्धारी दोहोराउने लगभग निश्चितप्राय देखिएको एमाले अगुवा कार्यकर्ताले बताएका छन । उद्धपि पोखरेलसग आफ्नै पार्टीका केहि कार्यकर्ता रुष्ट बनेका कारण टिकट बितरणमा केहि झमेला हुने निश्चित रहेको छ । पोखरेललाई मेयरमा काउन्टर दिने अर्का उम्मेद्धार श्याम ओली जो केप ीओलीलाई काका भनेर समेत सम्बोधन गर्ने गर्नुभएको छ । यस अघिदेखिनै जोडबल गर्दै आउनुभएको छ ।
ओलीले यसअघि राजेन्द्रकुमार पोखरेललाई टिकट दिलाउन ज्यान फ्यालेर लागे जसरी हाल आफै सो टिकट ल्याउन समेत लागिरहेको स्वयाम कनकाई साप्ताहिकलाई बताउँदै आउनुभएको छ । श्याम ओली आफ्नो छोरी खुश्बु ओली मार्फत समेत आफ्ना बुबा मेयरको उम्मेद्धार बन्ने कुरामा लविङ गरिरहेको पाइएको छ । अक्फोड विश्वविद्यालय बेलायतमा राजनितिशास्त्रमा एमए गरिसक्नुभएकी खुश्बु ओली एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा रहदै आएकी छिन । छोरीकै पहलकदमीमा समेत आफु कनकाईको मेयरको टिकट ल्याउनेमा श्याम ओली निश्चितजस्तै देखिएका छन । यदि श्याम ओलीलाई मेयरको टिकट दिदा हालका कनकाईका मेयर राजेन्द्रकुमार पोखरेललाई प्रदेश सांसदका रुपमा एमालेले पठाउनुपर्ने हुन्छ । तर राजेन्द्रकुमार पोखरेलले प्रदेश सांसदमा उठनका लागि त्यति रुचि नदेखाइरहेको राजेन्द्रकुमार पोखरेलको नजिकका कार्यकर्ताले बताउँदै आएका छन ।
यसपटकको कनकाईको निर्वाचनमा ओली पक्ष र गैह्र ओली पक्षका उम्मेद्धारका विच प्रतिस्पर्धा हुने निश्चित छ । जसमा कांग्रेका पुराना उम्मेद्धार एकराज उप्रेती, शेरबहादुर थापा र रुद्र चिमरिया मध्ये एक र एमालेबाट हालका मेयर राजेन्द्रकुमार पोखरेल र श्याम ओली मध्ये एक हुने निश्चित प्राय छ । एमालेका दुुई मध्ये राजेन्द्र पोखरेल र श्याम ओली स्थानीय निर्वाचनमा उम्मेद्धार हुदा अर्कालाई प्रदेश सांसदमा उम्मेद्धार बनाउने पार्टीको आन्तरिक तयारी रहेको बुझिएको छ । तर दुबैको प्राथमितकता भने मेयरमै रहेको पाइएको छ ।
कांग्रेस तप्काबाट समेत यस अघि असहज अवस्थामा उम्मेद्धार दिएर पराजित बनेका एकराज उप्रेतीलाई पुन टिकट दिएर पुरानो घाँउमा मल्हम लगाउनु पर्ने एकातिरका कार्यकर्ताको चर्को आवाज उठिरहदा तुलनात्मक रुपमा लोकप्रिय मानिएका शेरबहादुर थापा र रुद्रप्रसाद चिमरियालाई अगाडि सारेर पार्टीले चुनावमा सहभागि हुनुपर्नेमा समेत एकाथरी कांग्रेसको जोडबल छ । युवा नेताहरुलाई अगाडि सार्नुपर्ने भन्ने मत समेत कांग्रेसमा बलियो रहेको छ ।
यता साना दलहरु सरकारमा सहभागि तेस्रो दल माओवादी केन्द्र, संघिय समाजवादी, अघिल्लो २०७४ सालमा स्वतन्त्र उम्मेद्धारी दिएर लोकप्रिय मत ल्याउनुभएका भीमप्रसाद अधिकारी सामेल भएको पार्टी साझा पार्टी, तुलनात्मक रुपमा आफ्नो झापामा बलियो संगठन मानिएको राप्रपा पार्टीसमेत कोकोसग सहकार्य गर्नेहुन वा एकल चुनावी प्यानल बनाएर जानेहुन यो भने हेर्न बाकी छ । राप्रपाबाट एमालेसगै चुनावी तालमेल गर्ने र यसका लागि उपमेयर र कम्तीमा ३ नम्बर वार्डको वार्डअध्यक्ष आफ्नो बटमलाईन रहेको राप्रपाका एक नेताले बताएका छन । राप्रपाबाट पार्टी अध्यक्ष केशव ओझाको नेतृत्वमा निर्वाचनमा जाने तयारी रहेको पार्टी स्रोतले बताएको छ । भने माओवादी केन्द्रबाट इन्चार्ज गोपाल प्रसाई, सहइन्चार्ज सारदा प्रसाई वा पार्टी अध्यक्ष यामनाथ सेढाईमध्ये एकको नेतृत्वमा निर्वाचनमा जाने तयारी रहेको पार्टीका इन्चार्ज गोपाल प्रसाईले बताउँनुभयो । झापामै सबैभन्दा विवाद नभएको कमिटी कनकाई भएकोले समेत आफुहरुलाई उम्मेद्धार छान्नमा सकस नरहेको समेत इन्चार्ज गोपाल प्रसाईले बताउँनुभयो ।