कनकाई अनलाईन
प्रजापति सामुदायिक वन उपभोक्ता समुह कनकाई नगरपालिका १ ले गरिबी न्युनिकरण कार्यक्रम अन्र्तगत विपन्न उपभोक्तालाई ड्राईभिङ तालिम सुरु गरेको छ ।
कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष कार्यक्रमका विच ड्राईभिङ तालिमको उदघाटन गर्नुभएको हो ।
उपभोक्तामा रहेका विभिन्न ६ टोलबाट छनौट भएका २३ जनाको युवा समुहलाई लाइसेन्स नपाउन्जेलसम्मका लागि ड्राईभिङ तालिम दिइने प्रजापति सामुदायिक वन समुहका उपाध्यक्ष समेत रहनुभएका दलबहादुर विश्वकर्माले बताउँनुभयो ।
उक्त तालिममा सहभागिलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र्रकुमार पोखरेल र वार्डअध्यक्ष रोषन पोखरेलले ड्राइभिङ जर्सी प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगर र सामुदायिक वनसगको समन्वयमा समेत गरिबी न्युनिकरण र विकास निर्माणमा विभिन्न कामहरु हुदै आएको भन्दै सामुदायिक वन समुहको पहलकदमीमा समेत स्वरोजगारका लागि महत्वपुण काम गरेको भन्दै प्रससागर्नुभयो । सहभागिलाई कनकाई ड्राइभिङ्ग सेन्टर कनकाई दुई दुर्गापुरले ड्राइभिङ्ग प्रशिक्षण दिदै आउनुभएको छ ।