शरणामती।झापा गाउँपालिकामा कोभिड प्रतिकार्य सम्बन्धी दुई दिने तालीम सम्पन्न भएको छ।
झापा गाउँपालिकाको समन्वय तथा अष्ट्रेलियन गभरर्मेन्ट डिपार्टमेन्ट अफ फरेन अफेयरर्स एण्ड ट्रेड र लुथरन वल्र्ड फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा डिफ्याट हेल्थ सेक्युरीटी प्रोजेक्ट अन्तर्गत कोभिड –१९ इमर्जेन्सी रेस्पोन्स फर नेपाल परियोजना अन्तर्गत कोभिड प्रतिकार्य योजना सम्बन्धी तालीम सम्पन्न भएको हो।
झापा-४ मा रहेको डिल्लीराज माद्यामिक विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा प्रशिक्षक जीवन चौलागाईं सहभागीहरुलाई कोभिड-१९ को परिचय र अहिलेको झापाको अवस्था बारे जानकारी दिदै यस रोगको महामारीबाट पुर्वसतर्क हुन सबै टिम मिलेर काम गर्नु पर्ने बताए।
न्याय तथा विकासका लागि सामाजिक सञ्जालले गरेको तालिम सहजिकरणमा सहभागीहरुलाई कोभिड-१९ संक्रमित हुनुपुर्व र रोकथाममा के गर्न सकिन्छ भन्ने राय टिपोट गर्न लगाइएको थियो।संकलित रायसुझावलाई कार्यान्वयन गरेर कोभिड संक्रमण सँग लड्नु पर्नेमा सहभागी सम्पुर्णले ऐक्यबद्धता जनाएका छन् ।
गाउँपालिका प्रमुख जयनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि,स्वास्थ्यकर्मी,कर्मचारी,सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो।


