Kanakai Online

ऋण गरेर लगाएको मकै हात्तीले सखाप पार्‍यो


मङ्गलवार, माघ २५, २०७८ |

केशब चापागाई

शरणामती।झापाको झापा गाउँपालिका वडा नं ५ बस्ने अकवर हुसेनले मंशीरमा मकैबाली रोप्न साहुबाट दुई लाख रुपैयाँ सापटी लिए।दुई रुपैयाँ ब्याजमा मकै रोप्न लिएको ऋणले उनले चार बिगाहा जग्गामा मकै रोपे।

मकैबालीबाट मनग्गे आर्थिक लाभ लिन हौसिएका हुसेन यतीखेर पिडामा छन् ।कारण-झापा ५ को पन्थापाडा क्षेत्रमा यतीखेर मकै खान जंगली हात्ती पल्केका छन् ।दिनहुँ जसो हात्ती आउँछन,कुनै दिन त रातभरी मकै खाएर यतै आराम गर्छन् उनले सुनाए ´ साहुको ऋण तिर्न पनि नपुग्ने भयो,दलेर खाएर माडेर हात्तीले मकै सखाप पार्यो।

मंशीर अन्तिम साता अभाव-अभावकै बिच मल र पानी लगाएर बच्चालाई जस्तो स्याहार गरेको मकैमा अहिले हात्तीले साम्राज्य गरेको छ हुसेनले दु:ख पोखे।६ वटाको समूहमा हात्ती आउँछन कुनै रात यही बस्छन कुनै रात मकै माडेर खाएर रातीनै अन्यन्त्र जान्छन् उनले भने ‘ठाउँ-ठाउँ माडेर डेढ बिगाह क्षती गरेको छ हात्ती पल्केका छन अन्य मकै बच्ने सम्भावना कम छ।`

हुसेन त यस पिडाका प्रतिनिधि किसान मात्र हुन् ।यहाँका सबै किसानको पीडा उस्तै छ।चारकोसे जंगल देखि आउने जंगली हात्तिले दुई बर्ष देखि लगातार सताएको महमद दुलाल मियाँ बताउछन् ।मकैबाली लगाएको समयमा हात्ती आउँछन् ।पोहोर अलिक ढिलो फागुनमा आएका थिए।अहिले त माघमै आए।यसपाली उनको पनि डेढ बिगाह मकै हात्तीले सखाप पारेको बताए ´हामीले सम्वन्धित निकाय,स्थानीय सरकार सँग समेत बारम्बार सम्पर्क गरेउ तर कुनै मानिस हाम्रो दु:ख बुझ्न आएन उनले गुनासो पोखे।

त्यस्तै यहाँका किसान मोतीपुर रहमानको दुई बिगाह,तोफीजुल हकको तीन बिगाह,नुर महमदको साढे छ कठ्ठा,जेउबुल हकको डेढ बिगाह र नेस महमदको पाँच बिगाह मकै ठाउँ-ठाउँमा दलेर खाएर जंगली हात्तीले क्षती गरेको छ।

अघिल्लो बर्ष देखि जंगली हात्तीले मकैबालीमा क्षती गर्न थालेको बताउदै अघिल्लो वर्ष पनि राहतका विषयमा सरकाले चासो नदेखाएको मोतिपुर रहमान बताउछन् ।कुन बेला मानविय क्षती गर्ने त्रास बढेको छ उनले भने।

सम्बन्धित खबर