शरणामती।झापाको झापा गाउँपालिकामा रहेको रानी सामुदायिक वन उपभोक्ता समितिको २० औं साधारण सभा सम्पन्न भएको छ।
झापा गाउँपालिका-३,६ र ७ नम्बर वडालाई कार्यक्षेत्र बनाएर संचालित वन समूहका अध्यक्ष नरेन्द्रकुमार आङदम्बेको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष आङदम्बेले भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वन समूहका उपाध्यक्ष कमल गनगाईंले स्वागत तथा सचिव पुस्पा प्रसाईले संचालन गरेको कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष हरीबहादुर बानीयाँको प्रमुख आतिथ्यता रहेको थियो।
वडा नम्बर ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, पुर्व सचिव प्रेम प्रसाद पाठक,राम प्रसाद उप्रेती,केशब बजगाई,विस्वनाथ राजबंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए।बन समितिको स्थापनामा विशेष योगदान पुर्याएका राजबंशीले रानी वनको संरक्षण पच्यातकाल देखि गरिएको भन्दै रानी बनको नामाकरण भएको ईतिहास सुनाए।उनले स्वर्ग राजा महेन्द्र बिरबिक्रम शाहले सिकार खेलेको ठाउँ भन्दै इतिहासको स्मरण गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथी बानीयाँले लामो ईतिहास बोकेको रानी बन झापा गाउँपालिकाकै सम्पदा हो भन्दै यहाँ माटो सुहाउँदो बिरुवा रोपेर बनलाई हरभरा बनाउन जोड दिए।
बर्तमान कार्य समिति बिघटन,७ सदस्यीय निर्वाचन मण्डली गठन
बर्तमान कार्य समिति बिघटन भएको छ।बर्तमान समितिको कार्यकाल ३ वर्ष पुगेपछी बिघटन गरिएको हो।
नयाँ कार्य समिति चयन गर्न निर्वाचन मण्डली गठन भएको छ।केशब बजगाईंको संयोजकत्व गठित ७ सदस्यीय निर्वाचन मण्डलीमा पुस्पा प्रसाईं,प्रदिप जोसी,मोहन मिश्र,भविन्द्र भण्डारी,कमला श्रेष्ठ र प्रेम पाठक सदस्य रहेका छन् ।
निर्वाचन मण्डलीले सर्वपक्षिय भेला बोलाई नयाँ कार्य समिति चयनको बाटो सजिलो बनाउने संयोजक बजगाईंले बताए।सबै सँग छलफल गरि सर्वसम्मतको प्रयासमै हाम्रो जोड रहनेछ उनले भने ´सर्वसम्मत हुन सकेन भने निर्वाचन पकृयामा जानेछौ।


