Kanakai Online

कनकाईका पशुहरुलाई पनि स्वास्थ्य शिविर, शिविरमा प्राय सबै रोगी चौपायले पाए सेवा


सोमवार, माघ २४, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाका सबै रोगी पशु चौपायले पशु स्वास्थ्य शिविरको आयोजना गरि उपचार पाएका छन ।
एक साता सम्म चलेको उक्त स्वास्थ्य शिविरलाई नेपालकै पहिलो र ठुलो पशु चौपाय शिविरको दावी गरिएको छ ।
एक सातासम्म कनकाईका विभिन्न २९ स्थानमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ भने वाकी फर्ममा रहेका पशुहरुका लागि समेत सो देखि बाहेक अलग्गै उपचारका व्यावस्था गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । शिविरमा करिवन एक करोड रुपैँया भन्दा वढीको औषधि र सेवा कृषकले पाएको नगरप्रमुख पोखरेलले बताउँनुभयो । पशुपालन उद्यमशीलता परियोजना कार्यालय कनकाई नगरपालिकाद्धारा संचालित उक्त पशु स्वास्थ्य शिविर कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा हेफर पोजेक्ट नेपालको प्राविधिक सहयोगमा संचालनमा आएको हो ।
शिविरमा पशु चौपायलाई क्यान्सियाम दिनेदेखि लिएर बाँझोपनको निवारण, चुर्ना, जुका, नाम्लेको औषधि प्रदान, पशु बन्धाकरण,पशुलाई रुचाउने पचाउने, भिटामिन,आयुवेर्दिक औषधि, हर्मोन, गर्भ परिक्षण, कृतिम गर्भधान, रेबिज खोप लगायातका सबै प्रकारको सेवा प्रदान गरिएको कनकाईका पशुपक्षि प्रमुख कुलबहादुर गुरुङ्गले बताउँनुभयो ।

यसरी टोल टोलमै पुगेर पशुपक्षिलाई औषधि उपचार पाएपछि कृषकलाई ठुलो राहत मिलेको कार्यक्रम संयोजक हरि सेलवालले बताउँनुभयो ।
आफुले चुनावी घोषणापत्रमा समेत गरिव कृषकहरुका लागि यस्ता कार्यक्रम ल्याउछु भनेर भनेको र पशु चौपायलाई बिमा पछिको यस कार्यक्रमले कनकाईका सबै कृषकलाई सहयोग मिलेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । कनकाई नगरपालिकालेआयोजना गरेको यस शिविरमा कृषकले आफुले पालेका गाई, बाख्रा, कुकुर, सुगुर, गोरु, रागा लगायातका जनावारलाई स्वास्थ्य उपचारका लागि ल्याएका थिए । कनकाई नगरमा सबैभन्दा ठुलो समस्या पशु चौपायमा कमजोरी र बाँझोपन रहेको कनकाईका पशुपंक्षि प्रमुख गुरुङ्गले बताउँनुभयो ।