Kanakai Online

शिवसताक्षीको छोरा शन्देश बने कृषि मन्त्री


सोमवार, माघ २४, २०७८ |

कनकाई अनलाईन

झापा निर्वाचन क्षेत्र ४ ‘क’ का सांसद झलकसिह दर्लामी मगर प्रदेश सरकारका कृषि तथा पशुुपंक्षी विकास मन्त्रीमा नियुक्त भएका छन् ।
दर्लामीलाई आइतबार प्रदेश प्रमुख पर्शुराम खापुुङले सपथ ग्रहण गराएका हुन् । झापाको शिवसताक्षी ११ का स्थायी बासिन्दा दर्लामी २०७४ को आम निर्वाचनमा यस क्षेत्रबाट भारी मत प्राप्त गरी विजयी बनेका थिए । यस शिवसताक्षी नगरका छोरो पहिलो पटक मन्त्रीमा नियुुक्त भएकोमा नगरबासी तथा उनका समर्थकहरु हर्षित भएका छन् ।

प्रष्टवक्ता, विकासप्रेमी नेताको रुपमा छुट्टै छबी बनाएका युवा नेता दर्लामी सबै मतदाताको ढुक्ढुकीमा बस्न सफल भएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा निकै बहुप्रतिष्ठित र नगर गौरवका आयोजनाहरु भित्र्याउन सफल भएका छन् । उनले सतासीधाम – होकलबारी सडक कालोपत्रे आयोजना, विभिन्न खोलाहरुमा पुल निर्माण आयोजना, सामुदायिक भवन निर्माण आयोजना, डुुँडामारी – हवलदार चौक सडक कालोपत्रे आयोजना लगायत अन्य विकासे योजनाहरु भित्र्याउन सफल भएका छन् । कति आयोजनाहरु भने निर्माणाधीन अवस्थामा रहेका छन् । यी र यस्तै कारणले गर्दा दर्लामी जनता सामु निकै लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

को हुन झलकसिह दार्लामी
झलकसिह दर्लामी मगर २०३२ साल श्रावण १२ गते स्वर्गीय नरबहादुर र माता धनमाया दर्लामीको कोखबाट जेष्ठ पुत्रको रुपमा जन्मिएका हुुन् । उनले शिवसताक्षी ७ स्थित भानु माध्यमिक विद्यालय लालझोडाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न धनकुटामा रहेकोे धनकुटा बहुमखी क्याम्पसमा भर्ना भई बिएडसम्मको शिक्षा हसिल गरेका छन् ।

स्कूले जीवनबाट नै कम्युनिष्ट राजनीतिलाई आफ्नो आदर्श बनाएका दर्लामी विद्यार्थी राजनीतिदेखि नै सक्रिय थिए । २०४८ सालमा कम्युनिस्ट पार्टी प्रवेश गरी पूर्णकालीन सदस्य भएका उनले २०५२ सालमा नेकपा माओवादी भूमिगत भएपछि २०५४ सालदेखि २०६२÷०६३ सम्म भूमिगत भई विभिन्न जिम्मेवारीमा रही पार्टीमा योगदान गर्दै आएका थिए । उनले २०५९ मा जनमुक्ति सेनाको बटालियन कमिसार भएर काम गरे भने २०६० मा पूर्वी कमाण्ड पार्टी हेडक्वाटरको मुख्य सचिवको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी २०६२ मा पार्टीको मोरङ जिल्ला सह–इन्चार्ज भएर काम गरे भने पार्टीको झापा जिल्ला अध्यक्ष, इन्चार्ज, केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य हुँदै हाल पार्टीको झापा जिल्ला सह–इन्चार्ज र प्रदेशको प्रमुख सचेतक समेत रहेका छन् । तीन छोरा र चार छोरी मध्ये जेठा छोरा दर्लामीको श्रीमती कल्पना कार्की दर्लामी ९प्रदेश कमिटी सदस्य० र दुई छोरीहरु झरना र जेनी रहेका छन् ।

यसै बीच आइतबारै मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा माओवादी केन्द्रका १ नं। प्रदेशका प्रमुख सचेतक झलकसिंह दर्लामी मगरले पद तथा गोपनियताको शपथ लिएका छन् ।
यस्तै, नेकपा ९एकीकृत समाजवादी०का तर्फबाट सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बू र यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्र घिमिरेले शपथ लिएका छन् ।
त्यसैगरी कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगार मन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या बढाएर १२ पु¥याउने निर्णय गरेको थियो । तर, अहिले अझै एउटा मन्त्रालय थप गरेर मन्त्रालयको संख्या १३ पु¥याएको हो ।
यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्य मन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्र आङ्बो र आन्तरिक मामिला तथा कानून मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन् । सामाजिक विकास राज्य मन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे नियुक्त भएका हुन् ।