शरणामती।झापा गाउँपालिकामा चारकोशे जङ्गलबाट आउने जंगली हात्तीको आतंक बढ्दै गएको छ।रातभर किसानका खेतमा पसेर हात्तीले मकैबालीमा क्षति गर्न थालेपछि स्थानीय किसान चिन्तामा परेका छन् । पछिल्लो पटक हात्तीले झापा-५ स्थित पन्थापाडा क्षेत्रमा मकैबालीमा क्षति पुर्याउन थालेको छ।बर्सेनि आउने हात्ती आतंक पुन: यो वर्ष समेत दोरिहेपछी यहाँका किसानमा चिन्ता थपिएको हो।
६ वटाको सङ्ख्यामा आउने हात्तीको समूहले विगत १८ दिन देखि सो क्षेत्रमा आई मकैबालीमा क्षति गर्ने गरेको स्थानीय मजुर रहमानले बताए।भर्खर घोगा लाग्दै गरेका मकै खाएर, कुल्चिएर नष्ट पार्ने हात्तीले कुन बेला मानिसलाई नै मार्ने हो भन्ने डरले गाउँलेहरू भयभीत हुने गरेको उनले सुनाए।
जलथलमा रहेको चारकोसे जङ्गल देखि आउने गरेका हात्तीले मकै खाएर क्षति पुर्याएको स्थानीयले बताएका छन् ।स्थानीय नुर मह्मद,नेस महमद लगायतका किसानको करिव १० बिघाह भन्दा बढी मकैमा क्षति गरेको नेसले बताए।
दिनहुँ हात्तीले आतंक मच्चाउँदा र हाल हात्तीले मकैबालीमै डेरा बनाएर बस्दा समेत सम्बन्धित निकायले उपाय निकाल्न नसक्दा स्थानीयवासी आक्रोशित भएका छन्।


