कनकाई अनलाईन
सुरुङ्गा । आफ्नै कोठाका साथीलाई अरुले छुरा धसेर फरार भएपछि साथीलाई बचाउन घरेलु उपाय अपनाउदा फिगंर पिन्ट मिलेर कतारी जेलमा मृत्युदडको सजाय कुरीरहेका झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३० बर्षिय युवा सुबास राउतको जीवन रक्षाका लागि कनकाई नगरका युवा समुहहरु आर्थिक अभियानमा जुटेका छन ।
सुबास राउतलाई नेपाल फर्काउन उनीमाथि हत्या आरोप लगाइएका खोटाङ्गका लामाकाजी राईको परिवारलाई १५ लाख रुपैँया ब्लड मनि र अन्य खर्च वापत थप ३ लाख गरि १८ लाख रुपैँया संकलन गर्नुपर्ने छ ।
जसका लागि कनकाई ४ का वार्डअध्यक्ष गोविन्द्रप्रसाद पौडेलको संयोजकत्वमा युगल दवाडी सचिव रहेको २१ सदस्यीय सुवास राउत बचाउ अभियाननै गठन गरिएको छ । यस समितिको सदस्यहरुमा टिएन गौतम, त्रिलोचन चिमरिया, दिपक चापागाई, बिजय गजुरेल, उषा उप्रेती, प्रविन तिम्सिना, कमल कट्टेल, लीलाराज झापाली, तुलसी बिमली, ज्योती उप्रेती, धु्रब फुयाल, खेमराज खत्री,कुमारमणि पोखरल, ख्याम ओली, विवेक शिवाकोटी, विक्रम घिमिरे रोजिला राई रहेका छन ।
यसैगरि आर्थिक संकलनमा लागि दिपक चापागाईको संयोजकत्वमा उषा उप्रेती, धर्मेद्र सुवेदी, युगल दवाडी र बिजय गजुरेल रहेको आर्थिक समिति समेत गठन गरिएको छ ।
सुवास राउतलाई बचाउनका लागि आर्थिक सहयोग गर्न सबै देश विदेशमा रहनुहुने नेपालीहरुसमक्ष सहयोगका आग्रह गरिएको छ । सहयोग गर्न चाहनेले सुवासकी श्रीमती कुमारी राउतको नाममा रहेको सिभिल बैँकमा रहेको खाता ०७७१०५६०५२९०१६ मा सहयोग रकम जम्मा गरिदिन समेत सबै समक्ष अनुरोध गरिएको छ ।