Kanakai Online

अधिया,ठेक्का गरेर कमाएको जग्गा वडा कार्यालयलाई दान


सोमवार, माघ १७, २०७८ |

केशब चापागाईं

शरणामती।झापाको झापा गाउँपालिका-५ बस्ने एक मुस्लिमले अधिया, ठेक्का गरेर कमाएको जग्गा वडा कार्यालयलाई दान गरेका छन् ।मनकारी इमरान अलीले आफुँले दु:ख गरेर जोडेको २० कठ्ठा जग्गा मध्ये २ कठ्ठा जग्गा ५ नं वडा कार्यालयलाई दान गरेका हुन् ।

भाडाको भवनमा बस्दै आएको वडा कार्यालय निर्माणका लागी जग्गा खाँचो परेपछी पुरानो शरणामती स्थित कनकाई चौक र पन्थापाडा मार्ग छेउमै रहेको करिव १४ लाख मूल्य  बराबरको २ कठ्ठा जग्गा वडा कार्यालयलाई दान गरेको अलीले बताए।

१० जना सन्तानका पिता अलीका ४ छोरा ६ छोरी रहेका छन।अली एक बुहारीका ससुरा  र २ नातीका हजुरबुबा समेत  हुन् ।५५ वर्षीय अली मेहनती र परिश्रमी रहेको उनि प्रती जानकार स्थानीय छत्र विष्टले कनकाई अनलाइनलाई बताए।अलीले उक्त जग्गा अर्काको खेतमा धानबाली,मकैबाली ठेक्का र अधियामा लगाएर कमाएको विष्टले जानकारी दिए।

जग्गा दान गर्न परिवार नै राजी भएकाले जग्गा दान गरेको अली बताउछन।श्रीमती नाजीया बेबीले राम्रो कुरा र समाजको भलो हुने काम गर्न प्रेरित गरेपछी आफू हौसिएको अलीले बताए।
यता वडा कार्यालयले भवन निर्माणका लागि जग्गा पाएपछि नयाँ भवन निर्माण थालिएको थियो।२०७८ साल असार ३ गते भ्याट सहित ३४ लाख ४३ हजार मा ठेक्का लागेको नयाँ भवन माघ १ गते सम्पन्न भएको थियो।उक्त निर्माण सम्पन्न वडा कार्यालयको आइतवार देखी विधिवत उद्घाटन गरि नयाँ वडा कार्यालयबाट सेवा सुचारु गरिएको छ।

भवन उद्घाटन गर्दै पालिका प्रमुख जयनारायण साहले जग्गादाता इमरान अलीलाई सम्मान साथै धन्यबाद प्रकट गरे।उनले ५ नं वडा साघुँरो ठाउँमा भाडामा सञ्चालन भैरहेकोले अब नयाँ भवनबाट सेवा दिन सहज हुने विश्वास व्यक्त गरे।

वडाध्यक्ष राजबंशीले वडा कार्यालयको भवन निर्माण आफ्नो कार्यकालको ठूलो उपलब्धी भएको बताए।

सम्बन्धित खबर