कनकाई अनलाईन
झापा जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई छोरीको जन्मदिनको अवशर पारेर एक दाताले सेनेटरी प्याड प्रदान गर्नुभएको छ ।
छोरीको जन्मदिनमा बिर्तामोड निवासी व्यावसायी श्याम प्रसाईले कारागारमा रहेका ७७ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गर्नुभएको हो ।
छोरी कृष्टिना प्रसाईको २० औं जन्मदिनको अवसरमा प्रसाईले कारागारमै पुगेर शनिवार एक बर्ष सम्म पुग्ने ९ सय २४ प्याकेट सेनेटरी प्याड प्रदान गर्नुभएको हो ।
कारागारमा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कारगार प्रमुख सावित्रा बस्नेत कार्की , प्रसाईकी छोरी कृष्टिना सहित पुगेर कारागारमा प्याड बितरण गरिएको हो ।
जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरेर सामाजिक उत्तरदायित्व अन्तरगर्त महिला कैदीलाई सेनेटरी प्याड वितरण गरिएको व्यवसायी प्रसाईले बताउँनुभयो । सोही अवशरमा प्रसाईले महिला बन्दी गृहमा निशुल्क एक हजार लिटर क्षमताको खानेपानीको ट्याङ्गी जडान र अपुरो अवस्थामा रहेको मन्दिर समेत पुरा गरिदिने घोषणा गर्नुभयो ।
कार्यक्रमममा प्रसाईकी छोरी कृष्टिनाले बिभिन्न कारणले कारागारमा रहेका महिला कैदीबन्दीको समस्यालाई मध्यनजर गर्दै आफुले जन्मदिनको अवसरमा प्याड वितरण गरेको बताउँनुभयो ।
प्रसाईले गरेको सहयोगले महिनावारी भएको समयमा प्याडको अभावमा महिलालाई बिभिन्न संक्रमण हुन सक्ने खत्तराबाट मुक्त भएको कारागार प्रमुख कार्कीले बताउँनुभयो ।