कनकाई अनलाईन
शैशव मञ्च नेपाल झापाले मास्क बितरण तथा सचेतता मुलक कार्यक्रम संचालन गरेको छ ।
सुरुंगा मेडिसिन सेन्टरको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहयोगमा विर्तामोडमा कार्यक्रम सम्पन्न गरिएको मञ्चका अध्यक्ष टिकाराम बास्तोलाले बताए ।
कोरोना कहरबाट जनजीवन सामान्य परिस्थितिमा फर्किरहेको बेला फेरि ओमिक्रोन बाट आफू पनि बच्न र अरुलाई पनि बचाउन मास्क अनिवार्य रुपमा लगाउनु पर्ने आवश्यकताको चेतना जनसमुदायमा फैलाउन मञ्चले जिल्लाभर गतिविधि गर्दै आएको छ ।
प्रहरी सहायक निरीक्षक अनिष खड्का सृजन रोशन प्रसाईं , निखिल कार्की , अर्जुनधारा बाट सन्देश दाहाल , अनुषा तिम्सिना , कुशल बस्नेत साथै हल्दिबारी बाट अनुप सासंखर , वि पि कोईराला र झापा गाउँपालिका बाट निरञ्जन मैनाली र कचनकबल देखि मनिस बराल तगायत बाल अभियान्ता साथै ट्राफिक प्रहरीको संलग्नतामा कार्यक्रम सम्पन्न भएको थियोे ।