कनकाई अनलाईन
सानै उमेरमा शास्त्रीय संगीतमा पारङ्गत झापा बिर्तामोडकी कृपा पौडेल नेपाली बाल गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्स नेपाल’ की फाइनालिस्ट हुन् ।
विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीलाई पछि पार्दै उत्कृष्ट ५ मा छनोट भएर फाइनल राउन्डमा प्रवेश गरेपछि कृपा जिताऔँ अभियानले भोट गर्न अपिल गरेको छ ।
आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अभियान तथा उनका बुवाले सञ्चारमाध्यममार्फत सबै समर्थकलाई भोट गर्न आग्रह गरेका हुन् । गत वर्ष १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरेर चर्चा बटुलेकी कृपाले सारेगमप लिटिल च्याम्प्स नेपालमा पनि अब्बल प्रस्तुति दिइरहेकी छन् ।
उनले निर्णायक र ग्रान्ड जुरी मेम्बरको वाहवाही पाइरहेकी छन् । शनिबारको एपिसोडमा कृपाले ’धरती यो गगन’ बोलको गीत गाएर मैदानमा छक्का नै हानिन् । ग्रान्ड जुरी÷जज अनि गेस्ट सन्दीप क्षेत्री नतमस्तक भए उनको प्रस्तुतिमा । क्लासिकल टोनले सबलाई फिदा बनाइन् ।
यही प्रस्तुतिबाट प्रतियोगीले आश गर्ने सङ्गीतकार न्ह्यु बज्राचार्यबाट गीत गाउने प्रस्ताव पाइन् कृपाले । बज्राचार्यले ’कृपा, मेरो गीत गाउँछौ रु’ भनेर सोधेनन् मात्र आफ्ना धेरै गीत कृपाले गाउने घोषणा नि गरिदिए ।