कनकाई अनलाईन
चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले लक्ष्य भन्दा वढी राजस्व संकलन गर्न सफल भएको छ ।
यस अवधिमा मेची भन्सार कार्यालयले सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार अधिकृत केशवराज ओलीले बताउँनुभयो ।
आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस मसान्तसम्ममा ७ अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा भन्सारले १०८ दशमलव ९ प्रतिशत राजस्व असुल्न सफल भएको कार्यालयले जनाएको छ ।
पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण समेत भन्सारको राजस्व असुली बढेको भन्सार कार्यालयले जनाएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाको कूल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको तथ्याङ्ग रहेको छ ।
कार्यालयलाई भन्सार विभागले रु १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्वको लक्ष्य दिइएकोमा आधा बर्षमा वार्षिक लक्ष्यको ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको ओलीले जानकारी दिनुभयो । जसमा साउन महिनामा मासिक लक्ष्य ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि १ अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ ।
यसैगरि भदौ महिनामा १ अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुली गर्नुपर्ने लक्ष्य भएपनि लक्ष्यभन्दा वढी राजस्ज असुली भएको छ उक्त महिनामा १ अर्ब ३० करोड ७७ लाख ६४ हजार रुपैँया राजस्ज असुली भएको छ ।
असोज महिनामा १ अर्ब ३५ करोड ६४ लाख ५ हजार, कात्तिक १ अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८, मंसिरमा १ अर्ब ४० करोड २३ लाख ५८ हजार रुपैया र पुसमा १ अर्ब ३७ करोड ९२ लाख सात हजार रुपैँया राजस्ज असुली भएको भन्सार कार्यालयले जनाएको छ ।
पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, सिमेन्ट क्लिङ्कर, पेय पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, हवाई स्प्रीड, सुती कपडा, रङ्गीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ, आयल मोबिल, मोटरका ब्याट्रीलगायतका सामाग्री मुख्य रुपमा रहेका छन ।
फोटो मेची भन्सार कार्यालय परिसरबाट नेपाल भित्रीदै भारतीय मालबाहक ट्रक