Kanakai Online

बिर्तामोडमा हिन्दु राज्य चाहियो भन्दै बम राखियो


आइतवार, माघ ९, २०७८ |

कनकाई अनलाईन
कहि कतै नामै नसुनिएको हिमाल सुरक्षा परिषद नामक संगठनको नाममा बिर्तामोडमा राखिएको कुकर बमलाई सेनाको टोलीले डिस्पोज गरेको छ ।

आइतववार विहान बिर्तामोड नगरपालिका १ पश्चिमबस स्टेण्ड छेउमा एकाविहानै नक्कली बमले बिर्तामोडमा त्रास फैलाएको छ ।
बिर्तामोडको पश्चिम बस स्टेण्डमा एक किराना पसलभित्र कुकर बम राखिएको थियो । कुकरमा तार जोडेर छोडिएको वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त बस्तुलाई चारआलीस्थित श्रीनाथ गणको सेनाको टोलीले आएर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बम राखिएको स्थानमा नामै नसुनिएको हिमाल सुरक्षा परिषद् लेखिएको पर्चा समेत फेला परेको जिल्ला प्रहरीका कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका अनुसार सो संगठन अहिलेसम्म नसुनिएको नाम हो । बिर्तामोडका प्रहरी प्रमुख सन्तोष आचार्यका अनुसार सेनाको बम डिस्पोजर टोलीले त्यसलाई होक्स भनेको छ ।
बम छेउमा फेला परेको हिमाल सुरक्षा परिषदको पर्चामा नेपाललाई हिन्दू राज्य कायम गरिनु पर्ने, संघीयता खारेज गरिनु पर्ने लगायतका २० वुदे माग लेखिएको पाइएको छ । उक्त बस्तु कस्ले राख्यो भन्ने विषयमा प्रहरीले गहन अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त संगठनको नाम हालसम्म नसुनिएको कारण कसैले तर्साउनका लागि उक्त बम राखेको प्रहरीको अनुमान छ ।
फोटो ः बिर्तामोडमा फेला परेको कुकर बम ः तस्वीर लीलाराज झापाली