शरणामती।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस,एमाले,माओवादीले मिलीमिली देश लुटेको आरोप लगाएका छन।
लिङदेनले झापाको झापा गाउँपालिकामा आयोजित बधाई तथा शुभकामना एवम् पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै मुलुकमा संघीयताको नाममा देशमा लुटतन्त्र हावी भएको बताए।मुलुकमा प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा के परिवर्तन भयो?भयो त केवल लुटतन्त्र उनले भने।
राप्रपा सरकारमा आउँछ कि भनेर राजाको हाउगुजीले बेला-बेला यी दलहरुलाई सताउने गर्छ लिङ्देनले थपे “अब जनतालाई सहि गलत थाहा भइसकेको छ।राप्रपामा प्रवेश गर्नेको लहर बढेको छ,आउनुहोस अब रोजगार,स्वास्थ्य,शिक्षा सहितको सुन्दर देश निर्माण गरौ लिङदेनले थपे।
उनले भारत बिहारका नेता लालुप्रसाद यादवको कहानीलाई जोड्दै काँग्रेस,एमाले,माओवादीले जनता भुल्याएको आरोप लगाए।अब हामीले सही नेता चुनौ,गल्ती हाम्रो हो अब सच्चिउँ उनले भने।
झापा गाउँपालिका कार्यसमितिले आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा २०० जना भन्दा बढी कार्यकर्ता पार्टी प्रबेश गरेको बताइएको छ।