शरणामती।झापाका युवा नेता राजेन्द्र लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछी झापामा राप्रपामा पार्टी प्रवेश गर्नेको लहर चलेको छ।विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नेको लहर चलेको हो।
राप्रपा झापा गाउँपालिकाले आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा बिहिबार प्रेम प्रसाईं,बद्री श्रेष्ठ,राजकुमार ठकुरी,पदम सिवाकोटी,तेज बहादुर कार्की र बिनोद खड्का सहित २०० जना भन्दा बढी नेता तथा कार्यकर्ता राप्रपामा पार्टी प्रवेश गरेको सचिव भबिन्द्र भण्डारीले बताए।
स्वास्थ्य,रोजगार,शिक्षामा प्रगती नभएको,नेताहरु भ्रष्टचारमा लिप्त भएको भन्दै भ्रष्टचार मुक्त देश,हिन्दु राष्ट्रको स्थापना र राजा सहितको राष्ट्र निर्माणका लागि विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।
नवप्रवेशीलाई केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेता तथा कार्यकर्ताले फूल,माला,अविर र खादा लगाएर पार्टी प्रवेश गराएका थिए।
अब जनतालाई सहि गलत थाहा भइसकेको छ,राजतन्त्र मुलुकमा नहुँदा देशमा विकास भएन जनताले बुझिसकेका छन सोही अवसरमा नवप्रवेशीलाई स्वागत गर्दै नेता लिङदेनले भने “अब देश बनाउने अविभारा राप्रपाको काँधमा छ,आउनुहोस तपाईं हामी सबै मिलेर देश बनाउँ।”
झापा गाउँपालिका कार्य समितिका अध्यक्ष चन्द्र बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष केशब ओझा,केन्द्रीय सदस्य तारामाया राई लगायतले बधाई तथा शुभकामना दिएका थिए।