नेपाली भूभाग भएर जाने कुनै पनि सडक निर्माण नगर्न र भैरहेको सडक विस्तार रोक्न भारतलाई अाग्रह


काठमाण्डौ –नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आज आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताएका छन । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण नगर्न र भैरहेको सडक विस्तार रोक्न आग्रह गरेको उनले बताए ।

मन्त्री कार्कीले नेपाल र भारतबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै ऐतिहासिक सन्धी सम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सबैखाले विवाद हल गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन ।


सम्बन्धित शीर्षकहरु

कनकाई अनलाईनदमक, जेठ ६ गते । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको…

कनकाई अनलाईनझापाको मुख्य व्यापारिक नगरी मानिने बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा…

कनकाई अनलाईनझापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रोपटक नगरप्रमुखका रुपमा…

प्रतिकृयाहरू