Kanakai Online

बिर्तामोडका जेनिशले उचाले द भ्वाइस किड्सको पहिलो उपाधी


आइतवार, माघ २, २०७८ |

झापा बिर्तामोडका जेनिस उप्रेती द भ्वाइस किड्सको उपाधि जित्दै पहिलो द भ्वाइस किड्स नेपाल बन्न सफल भएका छन् ।

हिमालय टेलिभिजन एचडीबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै अाएको कार्यक्रममा कोच प्रमोद खरेलको टिममा रहेका उनलेे फाईनलमा पुगेका ८ जनामा ७ जनालाई प्रतिस्पर्धीलाई पछि पार्दै ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् ।

उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् ।जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए । १४ वर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको योे रियालिटी शोमा कोचका रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी थिए ।