Kanakai Online

माओवादी दमकमा नयाँ नेतृत्व, अध्यक्षमा बस्नेत


आइतवार, माघ २, २०७८ |

दमक/  नेकपा माओवादी केन्द्र दमक नगर समितिको अधिवेशनले कुलबहादुर बस्नेत (रवि) अध्यक्ष रहेको ६८ सदस्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र संगिता सेरेङ चयन भएका छन् भने सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा हिम अधिकारी र कोषाध्यक्षमा यमजी श्रेष्ठ रहेका छन् ।

अखिलेश्वर लाल दासको संयोजकत्वमा रहेको नगर निर्वाचन समितिले शुक्रवार विशेष कार्यक्रमकाविच नव निर्वाचित समितिको औपचारिक घोषणा गरी सपथ गराएको हो ।
दमकस्थित पार्टी कार्यालय बालुवाटारमा भएको कार्यक्रममा नवगठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का उपाध्यक्ष विजय साङपाङ, कोषाध्यक्ष रेवतराज पुरी (गगन) प्रदेश समिति सदस्यहरु कर्म पुलामी, भूमिका कोइराला, सन्तोष गौतम, निवर्तमान नगर सचिव तीर्थराज बस्नेत लगायतले कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

समितिको पूर्ण बैठकले अरु ५ सदस्य थप गर्ने नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए ।