ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु


विराटनगर, २८ पुस-मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो । 

प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । चालक तामाङको सवारी चालक अनुमति पत्र नभएको प्रहरीको भनाइ छ ।  

मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।न्युज कारखाना 


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ -नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र…

झापा बिर्तामोडका जेनिस उप्रेती द भ्वाइस किड्सको उपाधि जित्दै पहिलो द भ्वाइस किड्स नेपाल बन्न सफल भएका छन् । हिमालय…

विर्तामोड। नेकपा एमाले झापाको खुल्ला भूगोलतर्फको १९ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा देबेन्द्र चम्लागाई सर्वाधिक ३४५ मत पाएर बिजयी भएका…

प्रतिकृयाहरू