शरणामती।नेकपा (एकीकृत समाजवादी) पार्टीको भातृ संगठन युवा संघ नेपालले झापा गाउँपालिका कमिटि गठन गरेको छ।युवा संघले युवराज डाँगीको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरेको हो।
युवा संघ कनकाई नगर कमिटिका अध्यक्ष पुर्ण श्रेष्ठको अध्यक्षता र झापा जिल्ला अध्यक्ष सुनिल थापाको प्रमुख आतिथ्यतामा भएको कमिटि गठन कार्यक्रममा उपाध्यक्षमा पुर्णबहादुर श्रेष्ठ र विष्णु भण्डारी चयन भएका छन।त्यस्तै सचिवमा अनिश प्रधान,सह-सचिवहरु रमेश पराजुली र मौसम हस्दा चयन भएका छन।कमिटिको कोषाध्यक्षमा निसा भट्टराई चयन भएको युवा संघ झापा जिल्ला सचिव प्रतीक राजबंशीले जानकारी दिए।
नेकपा(एकीकृत समाजवादी) को युवा संघ नेपालले पछिल्लो पटक झापामा कमिटि गठनमा तिब्रता दिएको छ।