जानकी बचत तथा ऋण कृषक समुहको सातौ साधरणसभा


आइपी भट्टराई

जानकी बचत तथा ऋण कृषक समुह संस्था कनकाई २ सुकेडाँगीको सातौ साधरणसभाको अवशरमा समाजका जेष्ठ नागरिक ९ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका २ का वडाअध्यक्ष परशुराम गिरीले सम्मानित व्याक्तित्वहरु भक्तबहादुर पौडयाल, पदम सेलवाल,गंगाराम घिमिरे,शरणकुमार माझी,देविबहादुर खडका,धर्नाजन तिवारी,बमबहादुर खबास,यज्ञदेवि कोइराल र विष्णुमाया राईलाई प्रमुख अतिथि गिरी सुकेडाँगी सामुदायिक वन समुहकी अध्यक्ष शान्ता उपाध्याय लगायातले सम्मान गर्नुभयो । २०७१ सालमा गाउँकै १७५ जना शेयर सदस्य मिलि खोलिएको उक्त सहकारी संस्थाले हाल ३६ लाख ९२ हजार रुपैँयाको कारोबार गरेको सहकारी संस्थाका सचिव कैलास बरालले बताउँनुभयो ।

संस्थाका अध्यक्ष निर्मल घिमिरेले सहकारीले समाजमा आर्थिक र सामाजिक रुपमा पनि आफ्नो कामहरु अगाडि वढाइरहेको बताउँनुभयो ।
कार्यक्रमको संचालन खगेन्द्र खनालले गर्नुभएको थियो । भने कार्यक्रमको सभापतित्व अध्यक्ष निर्मल घिमिरे रहनुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ -नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र…

झापा बिर्तामोडका जेनिस उप्रेती द भ्वाइस किड्सको उपाधि जित्दै पहिलो द भ्वाइस किड्स नेपाल बन्न सफल भएका छन् । हिमालय…

विर्तामोड। नेकपा एमाले झापाको खुल्ला भूगोलतर्फको १९ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा देबेन्द्र चम्लागाई सर्वाधिक ३४५ मत पाएर बिजयी भएका…

प्रतिकृयाहरू