कनकाई अनलाईन
पृथ्वी जयन्तीको अवशरमा सार्वजनिक विदा नदिएको भनेर पृथ्वी नारायण शाहका अनुयायी हरुले सरकारकै चर्को विरोध गरिरहेको वेला कनकाई नगरपालिकाले भने सबैको मन जित्ने काम गरेको छ ।
३०० औ पृथ्वी जयन्तीको अवशर पारेर कनकाई नगरपालिकाले पृथ्वी नारायण शाहको पुर्णकदको सालिक आज शिल्यान्यास गरिएको छ ।
नगरपालिकाको गेटमा निर्माण गर्न लागिएको सालिकको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई र प्रमुख प्रशासकिय अधिधकृत मोहनप्रसाद न्यौपानेले विशेष कार्यक्रमका विच सालिकको शिल्यान्यास गर्नुभयो ।
नगरपालिकाको करिव १२ लाख रुपैँयाको लागतमा सालिक निर्माण गरिएको र आगामी प्रजातन्त्र दिवशको दिन पारेर सालिकको उदघाटन गरिने कनकाई नगरपालिका प्रमुख पोखरेलले बताउँनुभयो । नगरपालिकामा पस्ने जोकोही सेवाग्राहीलाई राष्ट्रिय भावनाले अभिप्रेरित गरोस र कतिपय पृथ्वीनारायण शाहका दिव्यउपदेशहरु कर्मचारीहरुका लागि समेत मार्गदर्शन गर्ने हुदा नगरपालिकाले शाहको सालिक निर्माण गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउँनुभयो ।
सालिक शिल्यान्यास कार्यक्रमा नगरपालिकाका वार्डनम्बर ४ का वडाअध्यक्ष गोविन्द पौडेल, १ का वडाअध्यक्ष रोषनराज पोखरेल, नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई , नेकपा एमालेका नगर अध्यक्ष खडगप्रसाद प्रसाई, राप्रपा नेता तथा बन्द निषेधित नगरिका जिउदो सहिद विष्णु ओली, कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जाका अध्यक्ष मिनाल तिम्सिना, पत्रकार महासंघका प्रदेशका कार्यसमिति सदस्य लीलाराज झापाली लगायातको उपस्थिति रहेको थियो । उक्त पुर्ण कदको सालिक कनकाई नगरपालिकाका चर्चित राष्ट्रिय कलाकार हिम्मत नेम्बाङ्गले बनाउदै हुनुुहुन्छ ।