कनकाई अनलाईन
कोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै पूर्वकै चर्चित कनकाई माइवेनी मेला स्थगत गरिएको छ ।
सोमवार झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा प्रहरी प्रमुखहरुको बैठकबाट परम्परादेखि कनकाई नदिको दुबै किनारामा लाग्दै आएको कनकाई माइवेनी मेला नलगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । यसअघि पुस २८ गतेदेखि माघ २ गतेसम्म कनकाई माईको दुबै किनारामा मेला लगाउनका लागि ठेक्का समेत लगाईको थियो ।
नेपाल सरकारको सिसिएमसीको बैठकको निर्णय पछि नगरपालिकाले समेत मेला ठेक्काको सबै निर्णय फिर्ता गरि सम्बन्धित ठेकेदारहरुको रकम फिर्ता दिने निर्णय गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख उपप्रमुख भोजकुमारी नेपालले बताउँनुभयो । कनकाई माईवेनी मेला भर्न र मकर स्नान गर्न नेपाल तथा भारतबाट समेत ठुृलो सङ्ख्यामा भक्तजनहरु आउने गरेका थिए । बैठकमा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख सन्तोस आचार्य, कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोषनराज पोखरेल, कनकाई नगरपालिका १ का वडाअध्यक्ष रोषनराज पोखरेल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बा लगायातको सहभागिता रहेको थियो ।