शरणामती/झापाको बिर्तामोड नगरपालिका-२ चारपाने घर भई हाल भारतको गुजरातमा बसोबास गर्ने नरेश गिरीको उपाचार्थ अमेरिका बस्ने बिशाल भारतीले “नरेश गिरी बचाऊँ” अभियान संचालन गरेका छन् ।गिरी भारतको गुजरातमा काम गर्ने क्रममा अचानक लडेर बेहोस भएका थिए ।अचानक लडेका उनलाई उपचारका लागी हाल गुजरातको हस्पिटलको आइसीयुमा राखिएको उनका परिवारले बताएका छन् ।
यता हस्पिटलमा आइसीयु बेडमा उपचार्थ गिरी बचाउनका लागी झापा गाउँपालिका-४ घर भई हाल अमेरिका बसोबास गर्ने बिशाल भारतीले नेपाली २५ हजार रकम सहयोग गर्दै गिरी बचाउ अभियानमा सबैलाई जोडिन समेत आग्रह गरेका छन् ।
न्यून आय भएका गिरी परिवारका लागी नरेशलाई बचाउन १० लाख रकम लाग्ने डाक्टरले बताएको भारती सुनाउछन।ठुलो रकम जुटाउन असम्भव भएकोले यस अभियानमा सबैलाई सहयोग गर्न गिरी परिवारले अपिल गरेको छ ।