केशब चापागाई
शरणामती।झापा कनकाई नगरपालिका-५ स्थित भगवती आधारभुत विद्यालयमा आइतबार घुँइचोमुईचो थियो।आहा! कति राम्रो अनुशासन ।साना केटाकेटी लामबन्द लागेर केही पाउने आसामा बसिरहेका थिए।विद्यार्थी लाइन लागे ठाउँको सिधा अगाडी टेवलमा राखिएको कापीकलम र नयाँ ज्याकेटमा उनीहरु बेलाबेला च्याउदै हेर्दै थिए।पुषको बेला जाडोको मौसम १२ बजेको पारिलो घाममा न्यानो मान्दै स्कुल पोषाकमै सजिएका उनीहरु कसैले भने आफुलाई सर्वाङ्गै छोप्ने ठुलो स्विटर लगाएका थिए।
लाइनबाटै कक्षा नर्सरीमा पढ्ने आवी वास्केले साथीलाई कोट्याए,हेर नयाँ ज्याकेट त्यहाँ छ भन्दै नाकको सिँगान कुमले पुस्दै दन्तलहर देखाए।मानौं उनीहरु नयाँ चिज पाउन आतुर छन।नर्सरी देखि कक्षा ५ सम्मका विपन्न तथा न्यून आय वर्गमा पर्ने विद्यार्थी लामबन्द छन।उनीहरुको प्रतिक्षाको घडी अब सकिन आटेको थियो।
झापाली समाज कतारले पठाएको न्यानो ज्याकेट र सुमन रुना श्रेष्ठ दम्पतीले दिएको कापीकलम लिएर झापाका अगुवा युवाहरु सुनिल थापा,प्रतीक राजबंशी र पुर्ण श्रेष्ठ छात्रछात्रालाई ज्याकेट र कपीकलम बाढ्न तयार भए।युवाहरुले विद्यालयका संस्थापक अध्यक्ष डिल्लीराम सेलवाल र प्रधानाध्यापक खड्ग प्रसाद विमलीलाई साची राखेर ५० जना विद्यार्थीलाई ज्याकेट र ४० जना विधार्थीलाई ६ वटा कापी र ५ वटा कलम वितरण गरे।
ज्याकेट लाएर दङ्ग भएका विधार्थी निकै हर्षीत मुद्रामा देखिए।नयाँ ज्याकेटको टोपी साथीलाई घुम्लुङ्ग ओडाइदिदै कक्षा १ मा पढने सियुब राई खित्का छोडेर हासे।उनले आफ्नो ज्याकेटको चेन मिलाउदै राम्रो छ भनेर मुसुक्क मुस्काए।कक्षा १ मै पढ्ने तुलसा विक पनि ज्याकेट लगाएर साथीका टाउका ठुग्न थालिन।यो खुसी थियो केटाकेटी पनको।
कापीकलम पाएर हातमा च्यापेर उफ्रीदै आएकी एक छात्रा छिमेकी आन्टी सँग ठोकिन।उनले मुस्कुराउँदै भनिन इ कापीकलम पाएँ।उनी त्यहाँबाट ओझेल भएपछी छिमेकी आन्टी भन्दै थिन यसका त कोही छैन।
झापाली समाज कतारले विपन्न तथा न्यून आय भएका विद्यार्थीहरुलाई यस अघि समेत झापाका विभिन्न ठाउँका विधालयका विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरिसकेको अगुवा युवा प्रतीक राजबंशीले बताए।
विद्यालयका प्रधानाध्यापक बिमलीले विदेशको चर्को घाममा पसिना बगाउदै मेहनतले कमाएको पैसालाई नेपालमा विपन्न परिवारमा खर्चिएको प्रती आभार प्रकट गरे।उनले कापीकलम प्रदान गर्ने श्रेष्ठ दम्पतीलाई समेत धन्यवाद दिए।
भगवती विद्यालयका विद्यार्थीलाई कापीकलम प्रदान गर्ने श्रेष्ठ दम्पती कनकाई नगरपालिका-३ सुरुङ्गा निवासी हुन।दम्पतीले आफ्नी ३ वर्षे छोरी आइरा श्रेष्ठ यही पुस १४ गतेबाट विद्यालय भर्ना भएको उपलक्ष्यमा विपन्न विद्यार्थीलाई कापीकलम वितरण गरेको सुमन श्रेष्ठले बताए।श्रेष्ठ दम्पती सुरुङ्गा स्थित रत्नज्योती ज्वेलर र प्लाटिनम वेयरसका संचालक समेत हुन।
